केन्द्रीय समितिको बैठक बोलाउन वरिष्ठ नेता पौडेलको माग

डिसी नेपाल
२२ माघ २०७७ १८:४७
20
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको केन्द्रीय समितिको बैठक बोलाउन माग गरेका छन् । गृह जिल्ला तनहुँमा रहेका वरिष्ठ नेता पौडेलले देशमा एकपछि अर्को राजनीतिक घटनाक्रम विकसित भइरहेको सन्दर्भमा पार्टीको स्पष्ट धारणा तय गर्न तत्काल केन्द्रीय समितिको बैठक बोलाउन पार्टी सभापति शेरबहादुर देउवासँग माग गरेका हुन् ।

“देशमा एकपछि अर्को राजनीतिक घटनाक्रम विकसित भइरहेका छन् । संसद् छलेर ल्याइएको अध्यादेशको आवरणमा संवैधानिक निकायमा भएका असंवैधानिक नियुक्ति त्यसैको पछिल्लो कडी हो”, उनले भने, “यस्तो अवस्थामा नेपाली कांग्रेस जस्तो जिम्मेवार लोकतान्त्रिक पार्टीले एउटा स्पष्ट धारणा तय गर्न आवश्यक छ ।” वरिष्ठ नेता पौडेल केही दिनयता तनहुँको विभिन्न ठाउँमा आयोजित कार्यक्रममा सहभागी भइरहेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *