मराठा पराजित, सोमपालको दुई विकेट

डिसी नेपाल
२२ माघ २०७७ १९:४५

काठमाडौं । यूएईमा जारी अबुधाबी टी–१० लिगमा सोमपाल कामी आवद्ध मराठा अरेवियन्सले पुनः हार ब्यहोरेको छ । बिहिबार भएको खेलमा मराठा डेकन ग्लाडियटर्ससँग २९ रनले पराजित भएको हो ।

ग्लाडियटर्सले दिएको १२१ रनको लक्ष् पछ्याएको मराठाले निर्धारित १० ओभरमा तीन विकेट गुमाएर ९१ रन बनायो । त्यसका लागि मोसादेक होसेनले ४४ रन बनाए । यस्तै इशान मलहोत्राले २२ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको डेकनले १२० रन बनाएको थियो । डेकनका अनवर अलीले ३९ तथा प्रशान्त गुप्ताले ३५ रन बनाए । डेकनविरुद्ध सोमपालले उत्कृष्ट बलिङ गरेका छन् । सोमपालले २ ओभर बलिङ गर्दै १२ रन खर्चिएर दुई विकेट लिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *