पूर्वराजदूत बस्न्यातको पृथ्वीनारायणबारे तीन भाषामा लेखिएको पुस्तक सार्वजनिक

डिसी नेपाल
२२ माघ २०७७ २२:०२
260
Shares

काठमाडौं । पूर्वराजदूत डा. निरञ्जन मान सिंह बस्न्यातद्वारा लिखित “राजा पूथ्वी नारायण शाहको संक्षिप्त जीवनी र उहाँले नेपाली जनतालाई दिनु भएको उपदेश” विषयको पुस्तक बुधबार साँझ श्री रत्न पुस्तकालय बानेश्वर र डिसी नेपाल डटकमको संयुक्त आयोजनामा विमोचन गरिएको छ ।

पुस्तकालयका अध्यक्ष शशीविक्रम राणाको अध्यक्षतामा आयोजित एक विशेष समारोहमा डा. प्रेम सिंह बस्न्यात, पृथ्वी नारायण शाहका वंशज तथा बहादुर शाह प्रतिष्ठानका अध्यक्ष दिवाकर विक्रम शाह, प्राज्ञ प्रा. दिनेश राज पन्त र लेखक डा बस्न्यातद्वारा संयुक्त विमोचन गरिएको थियो ।

उक्त पुस्तक तीन अन्तर्राष्ट्रिय भाषाहरु अंग्रेजी, फ्रेन्च र स्पेनिस भाषाहरुमा लेखिएको छ । पृथ्वीनारायण शाहको दिव्य उपदेशको मुल प्रति नेपालीमा अनुसुचीमा प्रकाशित गरिएको छ । उक्त समारोहमा बोल्दै वक्ताहरुले यो पुस्तक नेपालको इतिहासलाई विश्वव्यापी बनाउन महत्वपूर्ण भएकोले संग्रहणीय भएको बताए।

प्राज्ञ दिनेश राज पन्तले लेखकले तीन भाषामा यो पुस्तक लेखेर उनले नेपालको इतिहासलाई विश्वव्यापीकरण गर्न प्रयास गर्नु भएकोमा प्रशंसा गरे र पृथ्वी नारायण शाहले दिएको उपदेश सम्पूर्ण नेपाली जनतालाई दिएको हो भनी बताए । उक्त अवसरमा बोल्दै लेखक डा बस्न्यातले नेपाल राष्ट्रको निर्माणमा राजा पृथ्वीनारायण शाहले गएको अद्वितिय योगदानलाई दृष्टिगत गरी नेपाल सरकारले उनलाई कुनै पनि ढिलाई नगरी ‘राष्ट्रपिता’ को सम्मानले विभूषित गरिनु पर्ने माग गरे। समारोहमा उक्त पुस्तक हिजोदेखि बजारमा उपलब्ध भएको भनी जानकारी पनि दिइएको थियो ।

विमोचन कार्यक्रमको भिडियो तलको लिंकमा हेर्न सकिन्छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *