पापी रहेछन्, झन्डै ट्याक्सीसँगै मलाई पनि जलाइदिएनन्!

डिसी नेपाल
२३ माघ २०७७ ६:२०
220
Shares

काठमाडौं। नेकपाको दाहाल–नेपाल समूहले बिहीबार गरेको नेपालबन्दको क्रममा काठमाडांैको गोंगबुमा आन्दोलनकारीले ट्याक्सी जलाइदिएपछि चालक कुम्भनारायण श्रेष्ठ इन्तु न चिन्तु भए । प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सी चलाएर आउने पैसाले दैनिकी चलाउँदै आएका श्रेष्ठका लागि बिहीबारको बिहान अन्धकार जस्तै बनिदियो ।

आन्दोलनकारीले पेट्रोल छर्केर ट्याक्सी जलाइदिएपछि उनका लागि बिहानको समय पनि अन्धकार रातजस्तै बन्यो । ‘गरिखाने साधन नै जलाइदिए, निकै पापी रहेछन्, झन्डै ट्याक्सीसँगै मलाई पनि जलाइदिएनन्,’ श्रेष्ठले भने, ‘ट्याक्सी जलाइएको क्षण मैले केही देखिनँ, अन्धकार नै भयो ।’ उनले सर्वसाधारण नागरिकलाई पीडा दिएर गरिने यस्तो आन्दोलनको कुनै अर्थ नभएको बताए । ‘जनतालाई पीडा दिने, दुःख दिने अनि जनताकै लागि आन्दोलन ग¥यौं भन्न लाज पनि लाग्नुपर्ने हो,’ श्रेष्ठले आफ्नो पीडा पोख्दै भने ।

श्रेष्ठका अनुसार जलाइएको गाडी उनको साहुको हो । बिहीबार साहुलाई थाहा नदिई गाडी निकालेको र एक दुई ट्रिप गरेपछि मात्रै आन्दोलनकारीले उनको गाडी जलाइदिएका थिए ।

त्यतिबेला उनी सिल्टबेल्ट बाँधेर गाडीमै बसेका थिए । उनीहरू आगो लगाएर भागे । छिटोछिटो सिल्टबेल्ट झिकेर बाहिर निस्केर बाच्न सकें

‘गोंगबु चोकमा चावहिल जाने हो भन्दै दुई जनाले गाडी रोके । त्यसपछि एक जनाले पेट्रोल छर्किए र अर्काले सलाई कोरेर ओगो लगाइदिए,’ उनले घटना सम्झँदै भने । त्यतिबेला उनी सिल्टबेल्ट बाँधेर गाडीमै बसेका थिए । ‘उनीहरू आगो लगाएर भागे । छिटोछिटो सिल्टबेल्ट झिकेर बाहिर निस्केर बाच्न सकें,’ श्रेष्ठले भने । राजधानी दैनिकबाट


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *