लैङ्गिकमैत्री उपमहानगर बनाउन अभिमुखीकरण

डिसी नेपाल
२३ माघ २०७७ ७:३२

कैलाली । धनगढीलाई लैङ्गिकमैत्री उपमहानगरपालिका बनाउने उद्देश्यले यहाँका जनप्रतिनिधि र सरोकारवालाका लागि एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

उपमहानगरपालिकाद्वारा बिहीबार आयोजित अभिमुखीकरण कार्यक्रममा उपप्रमुख सुशीला मिश्र भट्टले कार्यक्षेत्रमा हुने लैङ्गिक विभेद न्यूनीकरणका लागि अभिमुखीकरण कार्यक्रम गरिएको बताउँदै लिङ्गकै आधारमा घर र समाजमा मात्रै नभएर कार्यक्षेत्रमा पनि विभेद हुने भएकाले यसको न्यूनीकरणका लागि सबै पक्षको सामूहिक प्रयासको खाँचो रहेको औँल्याइन्।

उपमहानगरपालिकाले महिला सेवाग्राहीका लागि स्तनपानकक्ष र अपाङ्गता सेवाकक्ष निर्माण गरिएको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *