आयाक्सका पहिलो रोजाईका गोलकिपर ओनानालाई एक वर्षको प्रतिबन्ध

डिसी नेपाल
२३ माघ २०७७ १७:४८

एजेन्सी । डच क्लब आयाक्सका गोलकिपर आन्द्रे ओनानालाई फुटबलमा एक वर्षको प्रतिबन्ध लागेको छ । प्रतिबन्धित शक्तिवर्द्धक औषधिको प्रयोग (डोपिङ) परिक्षणमा असफल भएपछि ओनानामाथि १२ महिनाको प्रतिबन्ध लागेको हो ।

प्रतिबन्धसँगै २४ वर्षीय गोलकिपर फुटबल सम्बन्धिको कुनैपनि कार्यक्रममा उपस्थिति हुन पाउने छैनन् । गत वर्षको अक्टोबरमा गरिएको टेस्टमा ओनानाले प्रतिबन्धित शक्तिवर्द्धक औषधिको प्रयोग गरेको पाईएको थियो ।

उनको पिसाब परिक्षण गर्दा फ्युरोसेमाइड नामक औषधि प्रयोग गरेको पाईएको थियो । तर, आयाक्सले भने ओनानाको बचाऊ गर्दै उनले झुक्किएर श्रीमतीको औषधि प्रयोग गरेको जनाएको छ । यस्तै आयाक्सले उनको प्रतिबन्धविरुद्ध अपिल गर्ने समेत जनाएको छ । क्यामरुनका ओनाना आयाक्सका पहिलो रोजाईका गोलकिपर हुन् ।

ओनानाको प्रतिबन्धसँगै आयाक्सलाई समस्या थपिएको छ । उनले यस सिजन लिगमा २० खेल खेलिसकेका थिए । यस्तै च्याम्पियन्स लिगमा ६ खेल खेलेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *