यी हुन् आईपीएल अक्शनमा परेका नेपाली खेलाडी

डिसी नेपाल
२३ माघ २०७७ १९:५६

काठमाडौं । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)को अक्शनमा ८ जना नेपाली खेलाडी परेका छन् ।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले शुक्रबार जारी गरेको सूचीअनुसार नेपालबाट ८ खेलाडी अक्सनमा परेका हुन् । नेपाल क्रिकेट संघले अक्शनमा परेका आठ खेलाडीको नाम सार्वजनिक गरेको छ । क्यानले अक्शनमा सन्दीप लामिछाने, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल मल्ल, शरद भेषावकर, अविनाश बोहरा र दीपेन्द्र सिंह ऐरीकोे नाम पठाएको जनाएको छ ।

यस वर्षको आईपीएलका लागि कुल १ हजार ९७ जना खेलाडी अक्सनका लागि दर्ता भएका छन् । बीसीसीआईका अनुसार २७ जना खेलाडी एसोसियट राष्ट्रबाट अक्सनमा दर्ता भएका छन् । आईपीएलको नयाँ सिजनका लागि भारतका ८ सय १४ र बाहिरका २ सय ८३ खेलाडी अक्सनमा परेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *