चन्द्रागिरिमा पर्यो हिउँ (भिडियो)
काठमाडौं । पश्चिमी वायुको प्रभावले गर्दा शनिबार देशभर अधिकांश स्थानमा बर्षा भएसँगै हिमपात समेत भएको छ । काठमाडौं उपत्यकाका वरिपरि रहेका चन्द्रागिरि, फुल्चोकी, गोदावरी, शिवपुरीलगायतका क्षेत्रमा हिमपात भएको छ ।
चन्द्रागिरिमा यो वर्षमा पहिलो पटक हिउँ परेको हो। चन्द्रागिरि डाँडामा हिउँ परेपछि मानिसहरू हिउँको मज्जा लिन चन्द्रागिरि पुगेका छन्।
शनिबार बिहानदेखि परेको सिमसिम पानीले राजधानीमा चिसो बढाएको छ। चिसोले राजधानीबासीको जनजीवन प्रभावित भएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment