प्रचण्ड-नेपाल समूहले बुधबार उपत्यकाका पाँच ठाउँबाट जुलुस निकाल्ने, सभा भृकुटीमण्डपमा

डिसी नेपाल
२६ माघ २०७७ १९:५४

काठमाडौं । नेकपा (प्रचण्ड-नेपाल)समूहले माघ २८ गते (बुधबार) हुने कार्यक्रममा उपत्यकाका पाँच ठाउँबाट जुलुस निकाल्ने भएको छ। जुलुस पुल्चोक, त्रिपुरेश्वर, माइतीघरमण्डला, केशरमहल र जमलबाट निकालेर भृकुटीमण्डपमा नै सभा गर्ने भएको छ ।

यसअघि माघ ९ गते पनि भृकुटीमण्डपमा नै सभा गरेको यो समूहले २८ गतेको सभा कहाँ गर्ने भन्ने अन्योल थियो । कृष्णबहादुर महरा, पम्फा भुसाल लगायतका नेताले पुल्चोक, कुपण्डोल, थापाथली, त्रिपुरेश्वर हुँदै सुन्धरा जाने जुलुसको नेतृत्व गर्ने भएका छन् ।

त्रिपुरेश्वरबाट निस्कने जुलुसको नेतृत्व अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, चक्रपाणि खनाल, जनार्दन शर्मा, मुकुन्द न्यौपानेले नेतृत्व गर्नेछन् । माइतीघरबाट निस्कने जुलुसको नेतृत्व अमृतकुमार बोहरा, गणेश शाह, गिरिराजमणि पोखरेल, भीम आचार्य लगायतले नेतृत्व गर्नेछन् ।

केशरमहलबाट निस्कने जुलुसको नेतृत्व देव गुरुङ, देवेन्द्र पौडेल, भीम रावल, शक्ति बस्नेतले नेतृत्व गर्नेछन् । जमलबाट निस्कने जुलुसको नेतृत्व भने लिलामणि पोखरेल लगायतले गर्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *