यस वर्षको ‘एमएम कप’ काठमाडौंमा हुने
काठमाडौं । यो वर्षको तेस्रो संस्करणको एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता काठमाडौंमा हुने भएको छ । सोमबार एमएम कप प्रतियोगिताका निर्देशक विप्लव घोष र डोरी ताङ खेलका सुनसरी जिल्ला संघ का अध्यक्ष निश्चल राज शाक्यले आज राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेश कुमार सिलवाललाई भेटेर उक्त प्रतियोगिताको आयोजनाको विषयमा छलफल गरेका छन् ।
उक्त छलफलमा सदस्य–सचिव सिलवालले प्रतियोगितालाई भव्य बनाउन पूरा साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् । यस्तै उक्त प्रतियोगिताको सम्पूर्ण जानकारी केही दिनमा पत्रकार सम्मेलन गरेर दिइने निर्देशक घोषले जानकारी दिएका छन् ।
राष्ट्रिय खेलकुद परिषद् का सदस्य सचिव रमेश सिलवाल ज्यू सँग नेपाली क्रिकेट जगतको एक स्थापित एकदिवसीय क्रिकेट प्रतियोगिता…
Posted by बिज्ञान कार्की on Monday, February 8, 2021
No ads found for this position

डिसी नेपाल
Facebook Comment