यस वर्षको ‘एमएम कप’ काठमाडौंमा हुने

डिसी नेपाल
२६ माघ २०७७ २०:३५

काठमाडौं । यो वर्षको तेस्रो संस्करणको एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता काठमाडौंमा हुने भएको छ । सोमबार एमएम कप प्रतियोगिताका निर्देशक विप्लव घोष र डोरी ताङ खेलका सुनसरी जिल्ला संघ का अध्यक्ष निश्चल राज शाक्यले आज राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेश कुमार सिलवाललाई भेटेर उक्त प्रतियोगिताको आयोजनाको विषयमा छलफल गरेका छन् ।

उक्त छलफलमा सदस्य–सचिव सिलवालले प्रतियोगितालाई भव्य बनाउन पूरा साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् । यस्तै उक्त प्रतियोगिताको सम्पूर्ण जानकारी केही दिनमा पत्रकार सम्मेलन गरेर दिइने निर्देशक घोषले जानकारी दिएका छन् ।

राष्ट्रिय खेलकुद परिषद् का सदस्य सचिव रमेश सिलवाल ज्यू सँग नेपाली क्रिकेट जगतको एक स्थापित एकदिवसीय क्रिकेट प्रतियोगिता…

Posted by बिज्ञान कार्की on Monday, February 8, 2021




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *