प्रधानमन्त्रीको निर्वाचन आयोग भ्रमणः ‘आयोगमा सरकार आएको हो पार्टी होइन’

डिसी नेपाल
२७ माघ २०७७ १३:१०
316
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोगमा आफ्नो पक्ष आधिकारिक नेपाल कम्युनिष्ट पार्टी भएको दावी गर्न गएको बताइए पनि प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाले भने यो कुरालाई अस्वीकार गरेका छन् । निर्वाचन आयोगबाहिर पत्रकारहरुसँग कुरा गर्दै थापाले भने ‘निर्वाचन आयोगमा सरकार आएको हो पार्टी आएको होइन ।’

थापाका अनुसार आज प्रधानमन्त्री आफ्नो समूह आधिकारिक पार्टी भएको दावी गर्न गएका होइनन् । खासमा प्रधानमन्त्री पार्टीसम्बन्धी कामको लागि निर्वाचन आयोग नगएको उनले दावी गरेका छन् ।

प्रधानमन्त्री नेपाल सरकारको प्रतिनिधिको रुपमा निर्वाचन आयोगमा आगामी बैशाखको लागि तोकिएको निर्वाचनको तयारी के–कस्तो भइरहेको छ भनेर बुझ्न गएको थापाले दावी गरे ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *