नेकपा (प्रचण्ड-नेपाल) समूहले आज काठमाडौंमा जनप्रदर्शन गर्दै

डिसी नेपाल
२८ माघ २०७७ ६:२३
100
Shares

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल (प्रचण्ड–माधव नेपाल) समूहले आज राजधानीमा जनप्रदर्शन गर्दैछ। बुधबार दाहाल नेपाल समूहले पाँच ठाउँबाट जुलुस निकाल्ने भएको छ। संघर्ष समितिले पुल्चोक, माइतीघरमण्डला, केशरमहल, त्रिपुरेश्वर र जमलबाट जुलुस निकाल्ने रुट तय गरेको छ।

पुल्चोकबाट निस्कने जुलुसको नेतृत्व कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, प्रमेश हमाल लगायत नेतृत्व गर्दैछन्। पुल्चोकबाट निस्किएको जुलुस कुपण्डोल, थापाथली, त्रिपुरेश्वर हुँदै सुन्धरा पुगेर मुल जुलुसमा मिसिनेछ।

त्रिपुरेश्वरबाट निस्कने जुलुको नेतृत्व अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, चक्रपाणि खनाल, जनार्दन शर्मा, मुकुन्द न्यौपानेले नेतृत्व गर्नेछन् भने यो जुसल सुन्धरा पुगेर मुल जुलसमा मिसिने छ। माइतीघर मण्डलाबाट निस्कने जुलुसको नेतृत्व अमृतकुमार बोहोरा, गणेश शाह, गिरिराजमणि पोखरेल, भीम आचार्य, मात्रिका यादव, हरिबोल गजुरेलले नेतृत्व गर्नेछन्।

यो जुलुस थापाथली, त्रिपुरेश्वर हुँदै सुन्धरा पुग्नेछ ।केशरमहलबाट निस्कने जुलुसको नेतृत्व देव गुरुङ, देवेन्द्र पौडेल, भीम रावल, शक्ति बस्नेतले नेतृत्व गर्नेछन् । यो जुलुस दरबारमार्ग, तीनधारा पाठशाला, जमल, कमलाक्षी, असन, इन्द्र चोक हुँदै न्युरोड पुग्नेछ। जमलबाट निस्कने जुलुसको नेतृत्व भने लिलामणि पोखरेल लगायतले गर्नेछन्।

यो जुलुस कमलादी, असन, इन्द्रचोक, जुद्धशालीक, न्युरोड हुँदै सुन्धारा पुग्नेछ । यसपछि सुन्धाराबाट निस्कने मूल जुलुसले सुन्धरा, बीर अस्पताल, जमल, घण्टाघर, बागबजार, पुतलीसडक पद्योदय मोड हुँदै प्रदर्शनमार्गमा सभा हुने भएको छ। यो समूहले माघ २८ मा हुने जनप्रदर्शनलाई निर्णायक हुने दाबी गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *