ब्रेकअप भएको एक हप्तामै बायर्न म्युनिखका स्टार खेलाडीकी मोडल गर्लफ्रेण्ड मृत भेटिइन्

डिसी नेपाल
२८ माघ २०७७ १७:४६

काठमाडौं। फुटबलर जेरोम बोआटेंगकी मोडल गर्लफ्रेण्ड मृत भेटिएकी छिन् । यो जोडीको ब्रेकअप भएको एक हप्तामै २५ वर्षकी मोडल कासिया लेनहार्ड मृत भेटिएकी हुन् । कासिया जर्मनीको बर्लिनस्थित आफ्नो अपार्टमेन्टमा पक्राउ परेकी हुन् । फुटबलर बोआटेंग पनि अहिले जर्मनीकै फुटबल क्लव बायर्न म्युनिखका लागि खेल्छन् ।

कासियाको यसअघिको सम्बन्धबाट एक छोरा छन् । उनले १५ महिना अघिदेखि बोआटेंगलाई डेट गर्न थालेकी थिइन् । गएको फेब्रुअरी २ मा उनीहरुले छुट्टिएको घोषणा गरेका थिए । ब्रेकअपको घोषणा पहिले बोआटेंगले गरेका थिए । पुलिसले कासियाको मृत्युलाई प्रारम्भिक जाँचपछि शंकास्पद रुपमा केस अगाडि नबढाइएको बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *