भारतप्रति सशंकित हुँदै प्रचण्डले खोजे भारतको समर्थन

डिसी नेपाल
३० माघ २०७७ १२:५६

काठमाडौं। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिमेकी मुलुक भारतसँग आफूहरुलाई समर्थन गर्न आह्वान गरेका छन्। देशभरबाट जम्मा भएका हजारौं नागरिकहरुको आमसभालाई माघ २८ गते बुधबार राजधानी काठमाडौंमा सम्वोधन गर्दै उनले छिमेकी मुलुक भारतको समर्थन आफूलाई हुनुपर्ने भन्दै समर्थनका लागि आह्वान गरेका थिए।

छिमेकी मुलुक भारतले आफूलाई संसारको ठूलो लोकतन्त्र भएको दावी गर्छ। सोही वाक्यांशलाई टपक्क टिपेर अध्यक्ष दाहालले संसारको सबैभन्दा ठूलो लोकतन्त्र भन्ने देशबाट आफूहरुले सहयोग सद्भाव पाउने आशा पनि व्यक्त गरे। उनले भारतबाट आफूहरुमाथि दायाँ बायाँ नहुने आशा पनि प्रकट गरेका थिए। र, त्यस्तो भरोसा पनि आफूहरुले गरेको बताए।

उनले ‘लोकतन्त्रको निम्ति, संविधानको निम्ति’ भन्दै आफू र आफ्नो समूहलाई भारतको समर्थन खोजेका हुन्। उनले भनेका छन्—‘हाम्रा अन्तर्राष्ट्रिय मित्रहरु, हाम्रा मित्रदेशहरु, खासगरी हाम्रा छिमेकी देशहरु, संसारकै ठूलो लोकतन्त्र भन्ने छिमेकीहरुबाट, हामी यो लोकतन्त्रको नेपालमा हत्या भइराख्या छ, यो लोकतन्त्रको हत्या भएको बेलामा हामी सबै संसारभर लोकतान्त्रिक मूल्य मान्यतालाई समर्थन गर्नेहरुबाट सहयोग र सद्भाव चाहेका छौं, दायाँ बायाँ हुने छैन भन्ने भरोसामा छौं हामी।’

उनको यो आह्वानले नेपालको आन्तरिक मामिलामा भारतलाई अझ तान्न खोजेको छ। उनले भारतबाट समर्थन खोज्नु र भरोसा व्यक्त गर्नुले नेपालको अन्तरिक राजनीतिमा भारतलाई पुन सक्रिय बनाउने गरी समर्थन खोजेको आरोप अध्यक्ष दाहालमाथि लाग्न थालेको छ।

संचारमाध्यमहरुको कम महत्वमा परेको उनको यो आह्वानले नेपालको आन्तरिक मामिलामा भारतलाई अझ तान्न खोजेको छ। उनले भारतबाट समर्थन खोज्नु र भरोसा व्यक्त गर्नुले नेपालको अन्तरिक राजनीतिमा भारतलाई पुन सक्रिय बनाउने गरी समर्थन खोजेको आरोप अध्यक्ष दाहालमाथि लाग्न थालेको छ।

त्यसो त नेपालको राजनीतिमा माइक्रो म्यानेजमेण्ट गर्ने गरेको आरोप लाग्दै आएको छिमेकी मुलुक भारतका पछिल्ला गतिविधिहरु नेपाललाई अस्थिर बनाउनेतिरै केन्द्रित भएका छन्। नेकपामा दुबै गुटहरुमा एकअर्कालाई भिडाउने र नेपालमा बनेको स्थायी सरकारलाई कमजोर बनाई स्वार्थ सिद्ध गर्ने प्रयासमा यो सरकार बनेदेखि भारतले सक्रियता देखाएको कुरा छिपेको छैन।

नेकपा एकीकृत भएकै कारण लिम्पियाधुरा, कालापानी, लिपुलेकजस्ता भारतबाट जबर्जस्ती मिचिएका भूमिसमेत समावेश गरेर नेपालले नयाँ नक्सा जारी गर्न सकेको थियो र त्यसलाई सजिलै राष्ट्रिय सहमति बनाई दुईतिहाइले पारित गर्न सकेको थियो।

यो घटनाले भारतको स्वार्थमा गम्भीर चोट लागेको जुन सुकै हालतमा भए पनि नेकपाको दुईतिहाइको शक्तिलाई छिन्नभिन्न पार्ने रणनीति भारतले बनाएको भन्ने विश्लेषणहरु हुँदै आएका छन्। यही सन्दर्भमा नेकपाका दुवै गुटलाई सहयोग गरेर एकअर्कामा भिडाएको पार्टी फुट्ने अवस्थामा आफ्नो सम्पूर्ण शक्ति भारतले केन्द्रीत गरेको आरोप भारतमाथि लाग्दै आएको छ।

स्रोतका अनुसार, यही परिवेशमा भारतले संसद विघटन गराउन पनि सहयोग गरेको र त्यसविरुद्धको आन्दोलनका लागि पनि सबै प्रकारले सहयोग गरेको सन्दर्भ चलिरहेको बेला अध्यक्ष दाहाललाई कतै आफूलाई भन्दा ओली समूहलाई पो भारतले बढी सहयोग गरेको हो कि भन्ने आशंका लाग्न थालेको कुराको अभिव्यक्ति स्वरुप उनले सार्वजानिकरुपमै भारतलाई गुहारेका हुन्।

प्रचण्ड–नेपाल समूहका एक उच्च नेताले डिसी नेपालसंग भने, ‘अध्यक्ष कमरेड भारतसँग केही संशकित पनि हुनु भएको पक्कै हो। उता(ओली) समूहलाई पनि भारतले सहयोग गरेको र दुबैतिर खेल्न पो खोजेको हो कि भन्ने उहाँलाई परेको छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *