इंग्ल्याण्डका दुई प्रमुख बलरले दोस्रो टेष्ट गुमाउने

डिसी नेपाल
३० माघ २०७७ १८:३६

काठमाडौं । भारत भ्रमणमा रहेको इंग्ल्याण्डका दुई प्रमुख बलरले भारतविरुद्धको दोस्रो टेष्ट गुमाउने भएका छन् । फास्ट बलरद्वय जेम्स एण्डरसन र जोफ्रा आर्चरले भारतविरुद्धको दोस्रो टेष्ट गुमाउने भएका हुन् ।

पहिलो टेष्टमा ५ विकेट लिएका बलर जेम्स एण्डरसनलाई आराम दिन लागिएको हो भने जोफ्रा आर्चर चोटका कारण बाहिर भएका छन् । आर्चरले दाहिने हातको कुहिनो चोट बोकेका छन् । यस्तै पहिलो खेलमा ५ विकेट लिएका डम बेस पनि टिम बाहिर रहेका छन् ।

दोस्रो टेष्टका लागि १२ सदस्यीय टोलीमा मोइन अली, स्टुअर्ट ब्रोड, बेन फोएक्स, ओली स्टोन र क्रिस वोक्स समावेश भएका छन् । भारत र इंगल्याण्डबीचको तेस्रो टेष्ट शनिवार चेन्नाईमा सुरु हुनेछ ।

इंग्लिस टिम

जो रुट (कप्तान), मोइन अली, स्टुअर्ट ब्रोड, रोरी बर्न्स, बेन फोएक्स, डान लरेन्स, ज्याक लिच, ओली पोप, डम सिबले, बेन स्टोक्स, ओली स्टोन, क्रिस वोक्स




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *