इंग्ल्याण्डका दुई प्रमुख बलरले दोस्रो टेष्ट गुमाउने

डिसी नेपाल
३० माघ २०७७ १८:३६
32
Shares

काठमाडौं । भारत भ्रमणमा रहेको इंग्ल्याण्डका दुई प्रमुख बलरले भारतविरुद्धको दोस्रो टेष्ट गुमाउने भएका छन् । फास्ट बलरद्वय जेम्स एण्डरसन र जोफ्रा आर्चरले भारतविरुद्धको दोस्रो टेष्ट गुमाउने भएका हुन् ।

पहिलो टेष्टमा ५ विकेट लिएका बलर जेम्स एण्डरसनलाई आराम दिन लागिएको हो भने जोफ्रा आर्चर चोटका कारण बाहिर भएका छन् । आर्चरले दाहिने हातको कुहिनो चोट बोकेका छन् । यस्तै पहिलो खेलमा ५ विकेट लिएका डम बेस पनि टिम बाहिर रहेका छन् ।

दोस्रो टेष्टका लागि १२ सदस्यीय टोलीमा मोइन अली, स्टुअर्ट ब्रोड, बेन फोएक्स, ओली स्टोन र क्रिस वोक्स समावेश भएका छन् । भारत र इंगल्याण्डबीचको तेस्रो टेष्ट शनिवार चेन्नाईमा सुरु हुनेछ ।

इंग्लिस टिम

जो रुट (कप्तान), मोइन अली, स्टुअर्ट ब्रोड, रोरी बर्न्स, बेन फोएक्स, डान लरेन्स, ज्याक लिच, ओली पोप, डम सिबले, बेन स्टोक्स, ओली स्टोन, क्रिस वोक्स


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *