अनग्रह र करणको जोडी पहिलो

डिसी नेपाल
३० माघ २०७७ २०:२६

काठमाडौं। भारतका अनग्रह गांगुली र करण सिंह आईटीएफ वल्र्ड टेनिस टुर– जे ५ अन्तर्गत दोश्रो सर्किटको पुरुष डबल्समा शुक्रबार पहिलो भएका छन्।

उक्त जोडीले भारतकै निशान्त दबस र अमन दहियाको जोडीलाई ३–६, ६–३ (१०–७) ले पराजित गर्यो। महिला डबल्समा अमेरिकाकी रुतुजा छप्हल्कर र रुदया शाहको जोडीले भारतका हिट्भी चौधरी र पवित्रा पारिखको जोडीलाई ७–५ र ६–० को सोझो सेटमा हरायो।

पुरुष सिंगल्समा भारतका अमन दहियाले स्पेनका तोमसलाई ६–३ र ६–० तथा भारतका निशान्त दबसले भारतका युभान नन्दलाललाई ६–२ र ६–२ को सीधा सेटमा पाखा लगाए।

महिला सिंगल्समा बेल्जियमकी रोमाने अमेरिकाकी साइना देशपाण्डेलाई ६–४ र ७–६ तथा बेल्जियमकी मार्ते लाम्ब्रेजले भारतकी रुमा गाइकाइवारीलाई ६–२ र ६–२ को सेटमा पन्छ्याउदै फाइनलमा स्थान बनाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *