गण्डकीलाई टाइगर कप भलिबलको उपाधि

डिसी नेपाल
१ फागुन २०७७ १७:०७

पोखरा। गण्डकी प्रदेशले टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको उपाधि जितेको छ। शनिबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटमा पराजित गर्दै गण्डकीले उपाधिमाथि कब्जा गरेको हो।

पोखरा रंगशालामा भएको फाइनलमा पहिलो सेट गण्डकीले २५–२२ ले जितेको थियो। दोस्रो सेट २५–२१ ले जित्दै आर्मीले खेलमा पुनरागमन गर्यो। तेस्रो सेटमा गण्डकीले ३२–३० को रोमाञ्चक जित निकाल्दै २–१ को अग्रता बनायो।

चौंथो सेट आर्मीले जबरजस्त खेल प्रदर्शन गर्दै २५–२३ ले जितेपछि खेल रोमाञ्चक मोडमा पुग्यो। पाँचौं सेटमा १५–११ को जित निकाल्दै गण्डकीले उपाधि आफ्नो बनायो।

उपाधिसँगै गण्डकीले नगद १ लाख ५० हजार प्राप्त गरेको छ। उपविजेतामा सिमित आर्मीले ७५ हजारमा चित्त बुझायो। महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ।

शनिबार नै भएको फाइनलमा एपीएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो। उपाधि जित्ने क्रममा पुलिसले क्लब एपीएफमाथि २५–२२, २५–२२ र २५–२१ को सेटमा जित निकाल्यो।

उपाधिसँगै पुलिसले पनि १ लाख ५० हजार प्राप्त गरेको छ। यस्तै उपविजेता बनेको एपीएफले ७५ हजारमा चित्त बुझायो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *