इंग्ल्यान्डको खराब ब्याटिङ

डिसी नेपाल
२ फागुन २०७७ १६:५६

काठमाडौं । भारतविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा इंग्ल्यान्ड खराब ब्याटिङ गरेको छ । चेन्नईमा जारी दोस्रो टेष्टको दोस्रो दिन ईंग्ल्यान्ड १३४ रनमा अलआउट भएको छ ।

खराब सुरुवात गरेको इंग्ल्यान्डका लागि बेन फोयक्सले अविजित रहँदै ४२ रन बनाए । यस्तै ओली पोपले २२, बेन स्टोक्सले १८ तथा डम सिब्लीले १६ रन बनाए । अन्य खेलाडीले भने दोहोरो अंक जोड्न सकेनन् । इंग्ल्यान्डलाई सस्तैमा समेट्न भारतका रविचन्द्र आश्विनले ५ विकेट लिए । इशान्त शर्मा र अक्षर पटेलले २र२ विकेट लिए ।

यस अघि भारत पहिलो इनिङ्समा ३ सय २९ रन जोड्दा अलआउट भएको थियो । दास्रो दिनको खेल सकिँदा भारतले दोस्रो पारीमा ब्याटिङ गर्दै एक विकेट गुमाएर ५४ रन बनाएको छ । भारतले २४९ रनको अग्रता लिएको छ ।

पहिलो टेस्टमा इंग्ल्यान्डले भारतलाई २ सय २७ रनले हराएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *