भारत विजयी

डिसी नेपाल
४ फागुन २०७७ १६:३७

काठमाडौं । घरेलु टिम भारतले इंग्ल्यान्डविरुद्धको दोस्रो टेस्टमा जित हासिल गरेको छ । मंगलबार चेन्नईमा भारतले दोस्रो टेस्टमा इंग्ल्यान्डलाई ३ सय १७ रनले पराजित गरेको हो ।

पहिलो टेस्टमा इंग्ल्यान्डले भारतलाई २ सय २७ रनले हराएको थियो । भारतले दिएको ४ सय ८२ रनको लक्ष्यसहित ब्याटिङ थालेको इंग्ल्यान्डले दोस्रो इनिङ्समा अलआउट हुँदै १ सय ६४ रन बनायो ।

दोस्रो इनिङ्समा इंग्ल्यान्डका मोइन अलीले सर्वाधिक ४३ रन बनाए । यस्तै जो रुटले ३३ रन जोड्दा डान लरेन्सले २६ र रोरी ब्रुन्सले २५ रन बनाए ।

भारतका अक्षर पटेलले ५ विकेट लिए । रविचन्द्र आश्विनले ३ तथा कुलदिप यादवले २ विकेट लिए । यसअघि दोस्रो इनिङ्समा भारतले अलआउट हुँदै २ सय ८६ रन बनाएपछि इंग्ल्यान्डले उच्च लक्ष्य पाएको थियो ।

भारतका लागि रविचन्द्र आश्विनले १ सय ६ रनको शतकीय इनिङ्स खेले । उनको यो टेस्टमा पाँचौं शतक हो । यस्तै कप्तान विराट कोहलीले ६२ रन जोड्दा रोहित शर्माले २६ रन बनाए । इंग्ल्यान्डका ज्याक लिच र मोईन अलीले ४÷४ विकेट लिए ।

पहिलो इनिङ्समा इंग्ल्यान्डले १ सय ३४ रन बनाएको थियो । इंग्ल्यान्डका लागि बेन फोअकेसले अविजित रहदै ४२ रन बनाए । ओली पोपले २२, बेन स्टोक्सले १८ तथा डम सिब्लीले १६ रन बनाए ।

इंग्ल्यान्डलाई सस्तैमा समेट्न भारतका रविचन्द्र आश्विनले ५ विकेट लिए । इशान्त शर्मा र अक्षर पटेलले २/२ विकेट लिए । भारतले पहिलो इनिङ्समा अलआउट हुँदै ३ सय २९ रन बनाएको थियो । पहिलो इनिङ्समा भारतका लागि रोहित शर्माले १ सय ६१ रनको सतकीय पारी खेले ।

यस्तै अन्जिख्य रहानेले ६७ रन जोड्दा चेतेश्वर पुजारा २१ रन बनाए । ऋषभ पन्तले अविजित रहदै ५८ रन जोडे । रविचन्द्र आश्विन १३ रनमा आउट भए । इंग्ल्यान्डका मोइन अलीले ४ विकेट लिए । ओली स्टोनले ३ तथा ज्याक लिचले २ विकेट लिए । यस जितसँगै भारतले ४ खेलको सिरिजमा १–१ को बराबरी गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *