तेक्वान्दो प्रशिक्षण शुरुः विद्यार्थीलाई खेलकूद सामग्री

डिसी नेपाल
४ फागुन २०७७ २१:२४

मोरङ । दुर्गम क्षेत्रका युवकयुवतीलाई खेलकूदप्रति आकर्षण बढाउनका लागि पाँचथरमा आजदेखि तेक्वान्दोको प्रशिक्षण शुरु गरिएको छ । तेक्वान्दोका नयाँ खेलाडी उत्पादन गर्न विद्यालयस्तरदेखि खेलकूद क्षेत्रको विकास गर्ने उद्देश्यले प्रशिक्षण दिन लागिएको आइटीएफका केन्द्रीय उपाध्यक्ष एवं प्रदेश नं १ का अध्यक्ष प्रवीण कार्कीले बताए । उनले युवालाई यस खेलको व्यावहारिक तथा सैद्धान्तिक ज्ञान बढाउन प्रशिक्षण दिन शुरु गरिएको जानकारी दिए । तेक्वान्दोका सेकेण्ड डन नितेश खवासले प्रशिक्षण दिनेछन् ।

यसैगरी सोही जिल्लाको याङ्वरक गाउँपालिका–३ ओयाममा रहेको गुप्तेश्वर माध्यमिक विद्यालयमा अध्ययरत विद्यार्थीलाई तेक्वान्दोका खेलकूद सामग्री आज हस्तान्तरण गरिएको छ । खेलकूद सामग्री आइटीएपका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश अध्यक्ष कार्की, प्रदेशका सचिव नवीन तामाङ, पाँचथर खेलकूद विकास समितिका प्रमुख मात्रिका दाहाललगायतको विद्यार्थीलाई प्रदान गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *