अमित साहको अभिव्यक्तिप्रति नेपाल सरकारको आपत्ति

डिसी नेपाल
५ फागुन २०७७ ६:३४

काठमाडाैं। भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री एवम् भारतीय जनता पार्टीका नेता विप्लव देको अभिव्यक्तिप्रति नेपालले आपत्ति जनाएको छ । देवले भाजपाका नेता एवम् गृहमन्त्री साहले पार्टी बैठकमा नेपाल र श्रीलंकामा भाजपाको सरकार बनाउने योजना बनाएको अभिव्यक्ति दिएपछि नेपालले आपत्ति जनाएको छ ।

भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतीय विदेश मन्त्रालयमा नेपाल भुटान डेक्स हेर्ने अधिकारीसँग भेटेर यस विषयमा नेपाल सरकारका तर्फबाट आपत्ति जनाएका हुन् ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पनि नेपालले भाजपाका नेताको अभिव्यक्तिप्ति आपत्ति प्रकट गरिसकेको पुष्टि गरेका छन् । उनलाई मेन्सन गरिएको ट्वीटर प्रयोगकर्तालाई जवाफ दिँदै ज्ञवालीले औपचारिक रुपमै भारतीय पक्षलाई नेपालको असहमति सन्देश पठाइसकेको बताएका छन् । उक्त विषयमा राजदूत आचार्यले भारतीय बाह्य मामिला मन्त्रालयका सहसचिव अरिन्दम बाक्चीमार्फत ध्यानाकर्षण गराएका छन् ।

आजको नागरिक दैनिकमा समाचार छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *