फेब्रुअरी १८ मा मंगल ग्रहमा सात मिनेट आतंक

डिसी नेपाल
५ फागुन २०७७ १०:४०

जुलाई ३० , २०२० मा पर्सिभरेन्स नाम दिएको मंगल यान पृथ्वीबाट प्रक्षेपण गरिएको थियो र यसले करिब ३६ मिलियन मील (करिब ५८ मिलियन किलोमिटर) पार गरेर यही फेब्रुअरी १८ मा लगभग ७ महिनाको यात्रा पूरा गरेर मंगल ग्रहको सतहमा पुग्दै छ।

मंगल २०२० मिसनको सबभन्दा गहन हिस्सा भनेको ७ महिनापछि मंगल ग्रहको वातावरणमा प्रवेश, गतिमा गिरावट र मंगल ग्रहमा अवतरण हो। यो शुरू हुन्छ यही फेब्रुअरी १८ मा।

जब अमेरिकाद्वारा पठाएको अन्तरिक्ष यान ७ महिनाको आफ्नो यात्रापछि मंगल ग्रहको वातावरणमा प्रवेश गर्दछ, प्रति घण्टा १२,५०० माईल प्रति घण्टा (२०,००० किलोमिटर प्रति घण्टा) को गतिमा तब सुरक्षितरूपमा थोरै समयमा वा ७ मिनेटभित्र २०,००० किलोमिटरप्रति घण्टाको बेगबाट शून्य बेगमा जानको लागि ज्यादै सतर्क, रचनात्मक र चुनौतीपूर्ण तरिकाको आवश्यक पर्दछ।

मंगल ग्रहको वायुमण्डलीय चाप यति कम छ कि मंगल ग्रहमा अवतरण गाह्रो छ। आजसम्म पठाइएका मिसनहरू मध्ये केवल ४० प्रतिशतमात्र सफल भएको छ। मंगल ग्रहबाट पृथ्वीसम्म रेडियो सिग्नल आइपुग्न ११ मिनेट लाग्छ, त्यसकारणले यो ७ मिनेटको अवधिमा पृथ्वीबाट यस यानलाई नियन्त्रण गर्न गारो छ किनभने अवतरण स्वायत्त रूपमा गरिनु पर्छ, पृथ्वीको साथ वास्तविक-समय सम्पर्कबिना।

मंगल ग्रहको वातावरणमा प्रवेश गर्ने बित्तिकै मंगल ग्रहको वातावरणले गर्दा यसको गतिमा गिरावट आउँछ र यस यानको तापक्रम बृद्धि हुन थाल्छ। लगभग ८० सेकेन्डपछि नै यस यानको बाहिरी सतहमा तापमान २,३७० डिग्री फरेनहाइट (लगभग १३०० डिग्री सेल्सियस) पुगेको हुन्छ। ७ मिनेटको मानबरहित यानको नियन्त्रण गर्न तातो शिल्ड, सुपरसोनिक प्यारासुट, रकेट संचालित, जस्ता प्रविधि प्रयोग गरिएको छ।

यसमा मंगल ग्रहको वातावरणबाट अक्सिजन उत्पादन गर्ने विधि परीक्षण गर्ने, अन्य स्रोतहरू जस्तै पानीको अध्यन गर्ने, अवतरण प्रविधिको सुधार गर्ने, र मौसम, धुलो, र अन्य सम्भावित वातावरणीय अवस्था जसले भविष्यका अन्तरिक्ष यात्रीहरूलाई असर गर्न सक्छ र मंगल ग्रहमा काम गर्न सक्छ, त्यसकाे अध्यन गर्ने अवसर हुनेछ।

मंगल ग्रहमा अवतरण गर्नु अगाडिको पृथ्वीको साथ वास्तविक-समय सम्पर्क बिनाको यो ७ मिनेटको अन्तिम समयनै ‘मंगल ग्रहको अवतरणअघि सात मिनेट आतंक’ हो। यो मंगल यान को भबिष्य नै यस मानब सम्पर्क रहित ७ मिनेटमा भर पर्छ। यदि सबै कुरा अपेक्षित रूपमा राम्रो भयो भने पर्सिभरेन्स रोभर यही बिहीबार (फेब्रुअरी १८) अपराह्न अमेरिकाको पूर्वी समय लगभग ३:५५ मा मंगल ग्रहमा अवतरण हुनेछ र हामी यस अवतरणलाइ अनलाइन हेर्न सक्छौं।

पृथ्वी सयौं हजारौं वर्षदेखि मानव घर भएको छ, र यसले हामीलाई राम्रो सेवा गरेको छ। तर विश्वव्यापी जनसंख्या निरन्तर बढ्दै गइरहेको छ, र मानव प्रदुषण र पृथ्वी को सीमित स्रोतहरु को बढ्दो सोसन र दहनले हाम्रो ग्रह पृथ्वी झन् झन् बिग्रिरहेको छ। यही कारणले हामीले २-४ सय वर्षको कुनै एक बिन्दुमा अर्को ग्रहमा सर्नुपर्नेछ।

त्यस कारणले वैज्ञानिकहरूले अन्य ताराहरू/गृहहरुको अनुसन्धान गरेर हामी कसरी एक दिन अर्को ग्रहमा मानवबस्ती स्थापना गर्न सक्छौं भनेर अनुसन्धान गरिरहेका छन्। प्रसिद्ध खगोल वैज्ञानिक Stephen Hawking (स्टेफेन हव्किंग) ले भविष्यवाणी गरेका छन् कि ऊर्जा खपत, मौसम परिवर्तन, क्षुद्रग्रह (Asteroid) स्ट्राइक, महामारी र जनसंख्या वृद्धिका कारण पृथ्वी एक दिन बस्न लायक हुने छैन र मानिसहरूले अर्को ग्रहमा बस्न आवश्यक पर्ने छ वा लोप हुने अवस्थाको सामना गर्नुपर्नेछ।

यही कारणले मानिसहरुले समयमा नै मानिसहरु बस्न योग्य क्षेत्र जहाँ पृथ्वीमा जस्तै सतहमा तरल पानी छ, वातावरण छ र सम्भवतः पृथ्वीजस्तै मानव जीवनलाई हर तरिकाले समर्थन गर्दछ,तेस्तो ग्रहको खोजी गर्नु पर्ने छ। यहि खोजीको सन्दर्भमा अमेरिकाले जुलाई ३०, २०२० मा मंगल ग्रहको प्रक्षेपण गरेको थियो।

मार्स २०२० रोभर मिसन नासाको मंगल ग्रह अन्वेषण कार्यक्रमको एक हिस्सा हो र मंगलग्रहको रोबोटिक अन्वेषणको दीर्घकालीन प्रयास पनि हो। पर्सिभरेन्स नाम दिएको यस मार्स २०२० रोभरमा एउटा सानो ‘हेलीकाप्टर’ पनि समावेश छ, जुन आकाशबाट मंगल ग्रह खोजिको लागि डिजाइन गरिएको छ।

नासा मार्स रोभरले बिगतका माइक्रोबियल जीवनका लक्षणहरू खोज्ने छ। मार्स २०२० रोभरले चट्टानहरू र माटोको कोर नमूनाहरू संकलन गर्ने छ र मंगल ग्रहको सतहमामा राख्ने छ। भविष्यको मिसनले सम्भावित रूपमा यी नमूनाहरू पृथ्वीमा फर्काउने योजना छ। यस अभियानले मंगल ग्रह सम्बन्धि सबै ज्ञानलाई अध्यन गर्ने अवसर गर्ने छ र प्रविधिहरू प्रदर्शन गर्ने अवसरहरू प्रदान गर्ने र यसले भविष्यमा मंगलग्रहमा मानव अभियानहरूको चुनौतीहरू सम्बोधन गर्न सहयोग गर्ने छ।

यसमा मंगल ग्रहको वातावरणबाट अक्सिजन उत्पादन गर्ने विधि परीक्षण गर्ने, अन्य स्रोतहरू जस्तै पानीको अध्यन गर्ने, अवतरण प्रविधिको सुधार गर्ने, र मौसम, धुलो, र अन्य सम्भावित वातावरणीय अवस्था जसले भविष्यका अन्तरिक्ष यात्रीहरूलाई असर गर्न सक्छ र मंगल ग्रहमा काम गर्न सक्छ, त्यसकाे अध्यन गर्ने अवसर हुनेछ।

पृथ्वी पछाडि, हाम्रो सौर्यमण्डलमा मंगल ग्रहको अनुसन्धान गर्नुको पछाडि धरै कारणहरू छन् जस्तै यसको सतहमा पानी को मात्रा प्रसस्त छ , यो धेरै चिसो वा धेरै तातो छैन, सौर प्यानलहरू प्रयोग गर्न पर्याप्त सूर्यको प्रकाश छ। मंगल ग्रहमा गुरुत्वाकर्ष हाम्रो पृथ्वीको ३८% बढी छ, जुन धेरैले विश्वास गर्दछन् कि मानव शरीरका लागि अनुकूल हुन पर्याप्त छ।

मंगल ग्रहमा वातावरण छ (पातलो भए पनि) यसले ब्रह्माण्ड र सूर्यको विकिरणबाट सुरक्षा प्रदान गर्न सक्छ , दिन / रातको अवधि हाम्रो ग्रह पृथ्वी जस्तै मिल्दोजुल्दो छ, पृथ्वीबाट मंगल ग्रह सम्मको कुल यात्रा समय करिब ६ महिनाको हुन्छ अहिलेको रकेट प्रबिधि अनुसार। यी सबै कारणहरुले खगोलविद्हरूको ध्यान भविष्यमा मानव बस्तीको लागि मंगल ग्रह तिर तानिएको छ।

२०२२ / २०२४ सालमा अझै धेरै यान हरु प्रक्षेपण लागि योजना गरिएको छ, र २०३० सम्ममा मंगल ग्रहमा मानिसलाई राख्ने प्रस्ताव गरिएको छ। १०० वर्ष भित्रमा १० लाख मानिस मंगल ग्रहमा बस्न सक्ने अनुमान गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *