महिला लिगमा एपीएफ अपराजित

डिसी नेपाल
५ फागुन २०७७ १९:४४

काठमाडौं । विभागीय टिम एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा अपराजित यात्रालाई कायम राखेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार विराटनगर महानगरपालिकालाई १–० गोलले पराजित गर्दै एपीएफले जितको यात्रालाई कायम राखेको हो ।

एपीएफको जितमा अनिता केसीले निर्णायक गोल गरिन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५५ औं मिनेटमा अनिताले निर्णायक गोल गरेकी हुन् ।

जितसंगै च्याम्पियन एपीएफले ११ औं जित निकालेको छ । जारी लिगमा एपीएफ अपराजित रहने एक्लो टिम हो । दुई खेल अगावै च्याम्पियन बनेको एपीएफले ११ खेलमा ३३ अंक जोडेको छ । बुधबार नै भएको खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबसँग बराबरी खेलेपछि एपीएफ दुई खेल अघि नै च्याम्पियन बनेको हो ।

दोस्रो स्थानको आर्मीले ११ खेलमा २६ अंक जोडेको छ । एक खेल खेल्न बाँकी रहदा आर्मीविरुद्ध एपीएफ ५ अंकले अघि रहेको छ । विराटनगर १६ अंकसहित तेस्रो स्थानमा रहेको छ । लिगमा चौंथो स्थानको पुलिसको १५ अंक रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *