कांग्रेसकाे राेजाइ निर्विकल्प निर्वाचन हुनुपर्छ

जगदीश दाहाल
६ फागुन २०७७ ७:०८

देशमा संसद विघटनको पक्ष र विपक्षमा सत्ताधारी दल नेकपा नै विभाजित भएर सडकमा उत्रिएको अवस्थामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यस विषयमा दिएको प्रतिक्रिया स्वागतयोग्य छ।

नेपाली कांग्रेसका सभापतिले आफ्नो मन्तव्य दिने क्रममा पछिल्लो समय जनसभालाई सम्बोधन गर्दैगर्दा सर्वोच्च अदालतको फैसला हामीले मान्छौं र जे फैसला आउँछ त्यसलाई स्वीकार गरेर आगामी कार्यक्रम बनाउँछौ भन्नुभएको छ। सभापतिले अदालतको फैसला स्वीकार गर्ने साथसाथै कांग्रेसले चुनावको तयारी पनि सुरु गर्नुपर्छ भन्ने अभिव्यक्ति दिनुभएको छ।

सभापतिको यो कुरा सही हो र वास्तवमै अब कांग्रेस चुनावको तयारीमा लाग्नुपर्छ। संसद विघटनको विषय संविधानसम्मत थियो वा थिएन भन्ने अदालतले फैसला गर्ने कुरा हो। यस विषयमा कुनै एकको पक्षमा लागेर कांग्रेस सडकमा उत्रिनुको अब तुक छैन। कांग्रेसले अहिले संविधान विघटनको पक्ष लिनु भनेको प्रधानमन्त्री केपी ओलीको पक्ष लिनु हुन्छ र यसको विरोध गर्नु भनेको नेकपाकै प्रचण्ड खेमाको समर्थन गर्नु हुन्छ।

कांग्रेसजस्तो सबैभन्दा पुरानो र लोकतान्त्रिक पार्टी यसरी नेकपाको एउटा गुटको पछि लाग्न सुहाउँदैन र कांग्रेसले त्यस्तो गर्ला भनेर जनताले अपेक्षा गर्न पनि सक्दैनन्। कांग्रेस स्थापनाकालदेखि नै लोकतन्त्र सुहाउँदो र लोकतान्त्रिक विधि पद्धति सुहाउँदो निर्वाचनको पक्षमा उभिँदै आएको हो र अहिले पनि कांग्रेसबाट यही अपेक्षा गरिन्छ।

अदालतले संसद पुनःस्थापना गर्न सक्ला वा विघटनको निर्णयलाई संविधानसम्मत ठहर गर्ला तर फैसला जुनसुकै पक्षमा भए पनि अन्ततः केही समयपछि निर्वाचनमा त जानु नै पर्छ। केही महिनाको फरक होला तर अन्ततः राजनैतिक दललाई जिम्मेवारी दिने त जनताले नै हो।त्यसकारण कांग्रेसले जनताको अभिमतलाई शिरोधार्य गर्छु, विधि र प्रक्रिया मान्छु, जनताको मतको कदर गर्छु, जनमतमा विशवास गर्छु अदालतको निर्णयको पालना गर्छु भन्नु एउटा लोकतान्त्रिक संस्कार देखाउनु, अहिलेको राजनीतिक परिदृष्यमा सही बाटो अंगाल्नु हो।

अदालतले संसद पुनःस्थापना गर्न सक्ला वा विघटनको निर्णयलाई संविधानसम्मत ठहर गर्ला तर फैसला जुनसुकै पक्षमा भए पनि अन्ततः केही समयपछि निर्वाचनमा त जानु नै पर्छ। केही महिनाको फरक होला तर अन्ततः राजनैतिक दललाई जिम्मेवारी दिने त जनताले नै हो।

त्यसकारण कांग्रेसले जनताको अभिमतलाई शिरोधार्य गर्छु, विधि र प्रक्रिया मान्छु, जनताको मतको कदर गर्छु, जनमतमा विशवास गर्छु अदालतको निर्णयको पालना गर्छु भन्नु एउटा लोकतान्त्रिक संस्कार देखाउनु, अहिलेको राजनीतिक परिदृष्यमा सही बाटो अंगाल्नु हो।

कांग्रेसका अर्का युवा नेता, संस्थापक नेता विपी कोइरालाका पुत्र डा. शशांक कोइरालाले पनि कांग्रेसले कसैसँग सम्झौता नगर्ने स्पष्ट पारिसक्नुभएको छ । कांग्रेसलाई कसैसँग सम्झौता गर्न आवश्यक छैन भन्ने स्पष्ट पार्दै उहाँले जनसंघर्ष गर्दा पनि र आन्दोलनका कार्यक्रम गर्दा पनि कांग्रेसले एक्लै गरेकोले अबको बाटो पनि कांग्रेसले आफैं तय गर्ने प्रस्ट पार्नुभएको छ।

अब चुनावमा भाग लिने निर्णय गर्दा पनि कांग्रेसले एक्लै गर्ने महामन्त्री कोइरालाको स्पष्ट भनाइले अब कांग्रेसका समर्थक कार्यकर्ताहरुमा अन्योलको स्थिथि रहेन। कांग्रेसले नेकपाको कुनै गुटसँग सम्झौता गरिहाल्ने पो हो कि भन्ने जुन त्रास कार्यकर्तामा थियो त्यो पनि अब हटेर गएको छ। कांग्रेसले लिने भनेको जनताको साथ हो किनकि कुनै पनि राजनैतिक शक्तिलाई बलियो वा कमजोर बनाउने जनताको समर्थनले हो। महामन्त्री कोइरालाले पनि प्रस्ट रुपमा कांग्रेस जनतामा जाने बताइसक्नुभएको छ।

मुलुकको हित, जनताको हित र विधि प्रक्रिया अनुसार कांग्रेस चल्ने र कम्युनिष्टसँग कुनै सम्झौता गर्दैन नगर्ने महामन्त्री शशांक कोइरालाको धारणासँगै नेपाली कांग्रेसका कार्यकर्तालाई एउटा ठूलो उर्जा र तागत मिलेको छ। यसरी कांग्रेसका पछिल्ला गतिविधि र कांग्रेसका माथिल्लो पदमा रहेका पदाधिकारीका अभिव्यक्तिले कांग्रेसले आन्दोलन छोडेर चुनावको बाटो रोजिसक्यो भन्ने प्रस्ट भएको छ।

जनताले नेकपालाई बहुमत दिएर देशको विकास र समृद्धिको जिम्मेवारी दिए। तर, नेकपालाई जनताले दिएको बहुमतको दुरुपयोग भयो। नेताहरुको भनाइ एउटा, गराइ अर्को भयो, नेकपाका नेताको सत्तास्वार्थ, पारिवारिक स्वार्थ, आर्थिक लाभको दृष्टिका क्रियाकलापहरुले जनताको अपमान भयो।

जनताको मतका लागि कांग्रेसले आन्दोलन गर्ने प्रस्ट भइसक्यो। कांग्रेस आगामी चुनावको तयारीमा जुट्यो, आगामी चुनावलाई राम्रो उपयोग गर्ने र बहुमत ल्याउने बाटोमा कांग्रेस अगाडि बढेको देखिन्छ। खासमा अहिले कांग्रेसले गर्ने भनेकै चुनावको तयारी हो किनकि संसद विघटनको निर्णय संवैधानिक होला वा नहोला अर्कै पाटो हो तर नेकपालाई जनताले दिएको बहुमतको दुरुपयोग भएको भने सत्य हो।

नेकपाले जनताले दिएको मतको कदर गर्न नसकेको हो। नेकपाका नेताहरुले जनताले दिएको जिम्मेवारी बिर्सिएर आफै आन्तरिक कलहमा अल्झिएर जनमतको अपमान गरेका हुन्। जनमतको अपमान गर्नेलाई शासन गर्ने अधिकार हुँदैन र त्यस्ता शासकलाई विस्थापित गर्ने पद्धति भनेकै निर्वाचन हो। त्यसैले प्रजातान्त्रिक शक्ति कांग्रेसले नेकपालाई सत्ताबाट विस्थापित गर्नको लागि निर्वाचनकै विधि अपनाउनुपर्छ।

यो नै लोकतान्त्रिक चरित्र र पद्धति हो। जनताले नेकपालाई बहुमत दिएर देशको विकास र समृद्धिको जिम्मेवारी दिए। तर, नेकपालाई जनताले दिएको बहुमतको दुरुपयोग भयो। नेताहरुको भनाइ एउटा, गराइ अर्को भयो, नेकपाका नेताको सत्तास्वार्थ, पारिवारिक स्वार्थ, आर्थिक लाभको दृष्टिका क्रियाकलापहरुले जनताको अपमान भयो।

जनताले सत्ता दिएर नेकपा र त्यसका नेतालाई राम्रोसँग चिने। यी कम्युनिष्ट होइनन्, कम्युनिष्टको आवरण, कम्युनिष्टको झण्डा र नाम मात्रै लिएर त्यसको पनि दुरुपयोग गरेका हुन् भन्ने कुरामा जनता प्रस्ट भइसके। अब यिनीहरुलाई जनताले पनि हटाउन चाहन्छन् र त्यसको लागि जनतासँग पनि निर्वाचनकै विकल्प छ।

जनताको त्यो चाहना पनि कांग्रेसले पूरा गर्नुपर्छ। जनताले कम्युनिष्ट कुनै राजनीतिक शक्ति होइन रहेछन् बरु यी त एउटा स्वार्थी झुण्ड मात्रै देखिए भन्ने थाहा पाइसके । त्यसकारण देश चलाउने र लोकतान्त्रिक विधि पद्धति र संविधानको सवल कार्यन्वयन गर्ने राजनैतिक शक्ति हालको प्रतिपक्ष नेपाली कांग्रेसमात्रै हो भन्नेमा जनता स्पष्ट छन् ।

जनताले प्रचण्डलाई पनि चिने, माधव नेपाललाई पनि चिनेकै हुन्। केपी ओलीले त बहुमतको सरकार चलाउन नसकेर आफ्नो बहुमत भएको संसद विघटन गरेर आफूले खाइरहेको पद अरुले खाला भनेर दुष्ट्याँइपूर्वक सोच र व्यवहार देखाउएका हुन् ।

अहिले कम्युनिष्ट र तिनका नेताबाट जनता आजित छन्। अबको निर्वाचनपछिको संसद पनि कांग्रेसको हो। सरकार पनि कांग्रेसको हो। जनताको रोजाइ अब कांग्रेस नै हो। त्यो कुरा बुझेर कांग्रेस अगाडि बढ्नु र जनतालाई अहिलेको परिस्थितिको वास्तविकता सुनाउनु बुझाउनु र जनताको मतका लागि आन्दोलन गर्नु जायज हो। कांग्रेसको रोजाइ चुनाव नै हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *