आइपिएल लिलामीः ग्लेन म्याक्सवेल अघिल्लो वर्षको भन्दा पनि निकै महंगो मूल्यमा बिके

डिसी नेपाल
६ फागुन २०७७ १५:४९

काठमाडौं। आइपिएल अक्सनका अस्ट्रेलियाका अलराउण्डर ग्लेन म्याक्सवेल जारी आइपिएल लिलामीमा निकै महंगोमा बिकेका छन् । उनी अघिल्लो सिजनको भन्दा पनि महंगो मूल्यमा बिक्री भए । उनलाई रोयल च्यालेन्जर्स बैंगलोरले १४ करोड २५ लाखमा किनेको छ ।

उनका लागि चेन्नइ सुपरकिंग्स र रोयल च्यालेन्जर्स बैंगलोरको बीचमा निकै प्रतिस्पर्धा भएको थियो । म्याक्सवेलले अघिल्लो सिजन भने उल्लेख्य प्रदर्शन गर्न सकेका थिएनन् । उनलाई अघिल्लो सिजन किंग्स ११ पंजाबले १० करोड ७५ लाखमा किनेको थियो । यसअघि अस्ट्रेलियाका पूर्व कप्तान स्टिभ स्मिथलाई दिल्ली क्यापिटल्सले २ करोड २५ लाखमा किनेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *