आइपिएल लिलामीः क्रिस मोरिसले तोडे महंगो खेलाडीको सबै रेकर्ड

डिसी नेपाल
६ फागुन २०७७ १६:२०

काठमाडौं। आइपिएल अक्सनमा दक्षिण अफ्रिकाका अलराउण्डर क्रिस मोरिसले महंगो खेलाडीको सबै रेकर्ड तोडेका छन् । उनी इतिहासकै सबैभन्दा महंगा खेलाडी बन्दै १६ करोड २५ लाखमा बिकेका छन् । उनलाई राजस्थान रोयल्सले किनेको छ । यसअघि सबैभन्दा महंगा खेलाडी युवराज सिंह थिए । उनलाई २०१५ को लिलामीका १६ करोडमा किनेको थियो ।

यसअघि अस्ट्रेलियाका अलराउण्डर ग्लेन म्याक्सवेललाई रोयल च्यालेन्जर्स बैंगलोरले १४ करोड २५ लाखमा किनेको छ । यस्तै इङल्याण्डका अलराउण्डर मोइन अलीलाई चेन्र्न सुपरकिंग्सले ७ करोडमा, बंगलादेशी अलराउण्डर शाकिब अल हसनलाई कोलकाता नाइटराइडर्सले ३ करोड २० लाखमा, राजस्थान रोयल्सले भारतीय अलराउण्डर शिवम दुबेलाई ४ करोड ४० लाखमा, अस्ट्रेलियाका पूर्व कप्तान स्टिभ स्मिथलाई दिल्ली क्यापिटल्सले २ करोड २५ लाखमा किनेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *