कांग्रेसद्वारा आमजनतालाई निःशुल्क कोरोनाविरुद्धको खोप शीघ्र पुर्‍याउन माग

डिसी नेपाल
६ फागुन २०७७ २१:४९

काठमाडौं । नेपाली कांग्रेसले आम जनतालाई सहजरुपमा कोभिड–१९ विरुद्धको खोप पहुँचमा ल्याउनका लागि निःशुल्क खोप पुर्‍याउन सरकारसँग माग गरेको छ ।

कांग्रेसको कोभिड–१९ अनुगमन समितिले आज एक विज्ञप्तिमार्फत कोभिड–१९ लाई रोक्न आवश्यकताअनुरुप आमनागरिकमा खोप पु¥याउने विस्तृत कार्ययोजना सार्वजनिक गर्न मागसमेत गरेको छ । खोपसम्बन्धी कार्ययोजनामा कुन–कुन स्रोतबाट आवश्यक खोप उपलब्ध हुने हो र ती स्रोतबाट प्राप्त हुने खोप अनुदानमा आउने हो या खरीदबाट प्राप्त गर्नुपर्ने भए त्यसको पारदर्शी खरीद प्रक्रियाबारेमा पनि सरकारले आम जनतालाई विश्वासमा लिनुपर्ने समितिको धारणा छ ।

खोपको आवश्यक रेफ्रिजेरेसनसहितको भण्डारण र त्यसको प्रभावकारिता सुनिश्चित गर्ने सबै उपायका साथ खोप कार्यक्रमको देशव्यापी कार्यतालिका र खोप प्राप्त गर्ने जनसङ्ख्याको प्राथमिकताका क्रमको विस्तृत विवरण सार्वजनिक गर्न पार्टीका सहमहामन्त्री एवं समिति संयोजक डा प्रकाशशरण महतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *