त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल राति साढे १२ बजेसम्म मात्रै खुल्ने

डिसी नेपाल
७ फागुन २०७७ १४:२७
1.0k
Shares

काठमाडौं। मार्च २८ (चैत १५) देखि नेपालको एकमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १८ घण्टामात्र खुल्ने भएको छ। विमानस्थल सञ्चालन घटाएर १८ घण्टा सञ्चालन गर्न लागिएको विमानस्थल कार्यलयका महाप्रबन्धक प्रताप बाबु तिवारीले जानकारी दिए।

हाल विमानस्थल प्रत्येक दिन २१ घण्टा सञ्चालन भइरहेकोे छ। राति साढे ३ बजेसम्म सञ्चालन भइरहेको विमानस्थल चैत १५ पछि भने बिहान ६ बजेदेखि राति साढे १२ बजेसम्ममात्र खुला हुने छ।

महाप्रबन्धक तिवारीका अनुसार कोरोना भाइरस संक्रमण त्रासका कारण मान्छेको आवतजावत सामान्य अवस्थाको भन्दा कम छ। उडान संख्या धेरै नभएको र अनावश्यक खर्चमात्रै बढ्ने देखिए पछि विमानस्थल सञ्चालनको समय कम गर्न लागिएकाे हो।

हाल रातिको उक्त तीन घण्टाको अवधिमा करिव ३ ४ वटा विमान मात्रै आवतजावत गर्ने गर्छन्। त्यसलाई पनि दिनको खाली समयमा नै व्यवस्थापन गर्न लागिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *