२९ सय पीसीआर परिक्षण गर्दा थप ९७ जनामा कोरोना पुष्टि

डिसी नेपाल
७ फागुन २०७७ १६:३१

काठमाडौं । शुक्रबार २ हजार ९३१ पीसीआर परिक्षण गर्दा थप ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार २६३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार ५८३ रहेको छ ।

पछिल्लो २४ घण्टामा ११४ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६९ हजार ६१९ पुगेको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २०६१ रहेको छ । पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यस्तै, हालसम्म ६८ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २१ लाख ३४ हजार २६१ जनाको पीसीआर परीक्षण गरिएको छ । नेपालमा निको हुने प्रतिशत ९८ दशमलव ७ रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *