रेन्जेनको संघर्षपूर्ण जित
काठमाडौं । अजिमा स्नुकर हाउसका रेन्जेन लामाले प्रथम चक्र लामा/किसन लामा स्मृति राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा आइतबार संघर्षपूर्ण जित हात पारेका छन् । रेन्जेनले ब्रेक प्वाइन्टका शिव थापा मगरमाथि ४–३ को कठिन जित दर्ता गरे । ‘बेस्ट अफ सेभेन’ को तेश्रो चरणको खेलमा रेन्जेनले लगातार तीन फ्रेम गुमाएका थिए । त्यसपछिको खेलमा पुनरागमन गर्दै रेन्जेनले लगातार ४ फ्रेमको नतिजा आफ्नो पक्षमा पार्दै अघिल्लो चरणमा स्थान सुरक्षित गर्न सफल भए । तेश्रो चरणको खेल आइतबारदेखि सुरु भएको हो ।
त्यस्तै लास्ट ब्रेकका सनोज खड्गीले अजिमाका दोर्जे शेर्पालाई ४–२, चामुण्डाका तेन्जिङ लामाले लास्ट ब्रेकका उदिप शाक्यलाई ४–२, अजिमाका नेपाल नम्बर वान रेगन श्रेष्ठले एन्जीका रितेश देउलालाई ४–१, ब्रेक प्वाइन्टका सञ्जय वज्राचार्यले लास्ट ब्रेकका आयुश गौतमलाई ४–१ तथा माउन्ट एभरेष्टका कृतेश ज्ञवालीले कुमारी स्नुकरका पदम तामाङलाई ४–० को फ्रेममा पराजित गरे ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment