थप १२५ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित १५ सय

डिसी नेपाल
१० फागुन २०७७ १६:२०

काठमाडौं । सोमबार नेपालमा थप १२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ५५६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार ५२९रहेको छ ।

पछिल्लो २४ घण्टामा ९० जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६९ हजार ९६६ पुगेको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २०६१ रहेको छ । पछिल्लो २४ घण्टामा कुनैपनि कोरोना संक्रमितको मृत्यु भएन ।

यस्तै, हालसम्म ६६ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २१ लाख ४३ हजार ३१५ जनाको पीसीआर परीक्षण गरिएको छ । नेपालमा निको हुने प्रतिशत ९८ दशमलव ७ रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *