३ दशकपछि औद्योगिक क्षेत्र विस्तारले गति लिँदै

डिसी नेपाल
११ फागुन २०७७ ६:२०
168
Shares

सप्तरी। सप्तरी जिल्लामा २०४४ मा गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रको स्थापनापछि सुस्ताएको औद्योगिक क्षेत्र विस्तारले गति लिने देखिएको छ । ३३ वर्षपछि नयाँ औद्योगिक क्षेत्र थप तथा विस्तार गर्न सरकारले विभिन्न ५ ठूला औद्योगिक क्षेत्रहरूको शिलान्यासलाई अघि बढाएको छ ।

मुलुकभित्र नयाँ औद्योगिक क्षेत्रको पहिचाहन र घोषणा गरिएको झन्डै ५ वर्षपछि सरकारले सुदूरपश्चिम प्रदेशबाट नयाँ औद्योगिक क्षेत्रको शिलान्यास शुरू गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार सो प्रदेशको कञ्चनपुरस्थित दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास गरे। मंगलवार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले लुम्बिनी प्रदेशको बाँके जिल्लास्थित नौबस्ता औद्योगिक क्षेत्रको शिलान्यास गर्दै छन् ।

यसैगरी, उनले नै १४ गते शुक्रवार वाग्मती प्रदेशको मकवानपुर जिल्लाको मयूरधाप औद्योगिक क्षेत्रको शिलान्यास गर्दै छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रदेशको रूपन्देही जिल्लाको मोतीपुर औद्योगिक क्षेत्र १३ गते बिहीवार शिलान्यास गर्ने समयतालिका रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जानकारी दिएको छ । प्रधानमन्त्री ओलीको गृह जिल्ला झापाको दमक क्लीन इन्डस्ट्रियल औद्योगिक पार्कको शिलान्यास पनि प्रधानमन्त्रीबाट नै फागुन १६ गते शिलान्यास गरिँदै छ ।

यी पाँचओटा औद्योगिक क्षेत्रमा कुल लगानी भने रू १ खर्ब ७९ करोड रहने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले जानकारी दिए । मन्त्रिपरिषद्को २०७२ चैत १ गतेको बैठकले यी स्थानमा औद्योगिक क्षेत्रहरू बनाउने घोषणा गरेको थियो । यद्यपि दमक क्लीन इन्डस्ट्रियल औद्योगिक पार्क भने २०७२ चैतमा घोषणा गरिएको हो ।

सोहीअनुसार पाँचओटै औद्योगिक क्षेत्रको प्रक्रियागत कार्य सम्पन्न गरी विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तथा जग्गा व्यवस्थापन टुंगो लगाएर औद्योगिक क्षेत्रमा पूर्वाधार बनाउन शिलन्यासलाई तीव्रता दिइएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *