नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित
फाइल फाेटाे।
काठमाडौं। नेकपा (ओली) समूहको आज बस्ने तय भएको स्थायी कमिटी बैठक स्थगित भएको छ। बुधबार बसेको स्थायी कमिटी बैठकमा अधिकांश सदस्यले आफ्नो धारणा राखेका थिए।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापित गरेपछिको अवस्थाका बारेमा छलफल गर्न बुधबारदेखि स्थायी कमिटी बैठक सुरु भएको थियो। बैठक आज बस्ने भनिएपछि अर्को सूचना जारी नभएसम्म स्थगित भएको ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।
बुधबार बसेको बैठकमा ओली समूहले भावी रणनीतिका विषयमा छलफल गर्दै सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्ने निर्णय गरेको थियो। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले राजीनामा नदिने बरु संसदको सामना गर्ने बताएका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment