थप ११२ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित आठ सय ८२

डिसी नेपाल
१३ फागुन २०७७ १६:३३

काठमाडौं । बिहिबार नेपालमा थप ११२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ८७२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ८ सय ८२ रहेको छ । पछिल्लो २४ घण्टामा ८४ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार २२३ पुगेको छ । कोरोनाबाट मृत्यु हुनेमा ८३ जना थपिएका छन् । योसँगै कुल २ हजार ७६७ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

यस्तै, हालसम्म ६३ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २१ लाख ५३ हजार ६३६ जनाको पीसीआर परीक्षण गरिएको छ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *