टर्कीमा राम्रो रोजगारीको प्रलोभन देखाएर मानव बेचबिखन गर्ने दुईजना पक्राउ

डिसी नेपाल
१३ फागुन २०७७ १९:४७
140
Shares

काठमाडौं । राम्रो रोजगारीको प्रलोभन देखाएर दुई महिलालाई टर्की पुर्याई मानव बेचबिखन गर्ने कार्यमा संलग्न २ जना अभियुक्तहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं तारकेश्वर नगरपालिका जरंखु डेरा गरी बस्ने गोरखा नगरपालिका १ घर भएका जिवन भट्ट र काठमाडौं माछापोखरी डेरा गरी बस्ने बाग्लुङ ढोरपाटन नगरपालिका ४ घर भएकी पूर्णिमा सिर्पाली बस्नेत रहेका छन् ।

भट्टलाई काठमाडौं सोल्टीमोडबाट मंगलबार र बस्नेतलाई काठमाडौं माईतीघरबाट बुधबार मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलको प्रहरीले पक्राउ गरेको हो ।

बस्नेतले पीडितहरुलाई टर्कीमा राम्रो रोजगारीको प्रलोभन देखाई १० लाख रुपैयाँ लिएर सम्पर्क बिहिन भएकी थिइन् । केही समय पश्चात सम्पर्कमा आएपछि पीडितहरुले विदेश जाँदैनौ भन्दै पैसा फिर्ता माग्दा नदिई टिकट लगायतका कागजातहरु बापत ५३ हजार रुपैँया
लिएर गत असोज २२ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्किस एअरलाईन्सद्वारा टर्की पुर्याएकी थिइन् ।

टर्कीमा बस्नेतको बुवाले काममा लगाई दिन्छु भनि आश्वासन दिएर ३ हप्‍ता आफ्नै कोठामा राखेपछि पीडित छोरी नेपाल फिर्ता हुन्छु भन्दा नेपाल फर्कन नदिई पीडितमध्ये आमालाई ग्रीस पठाईदिन्छु भन्दै कोठामै बन्धक बनाई राखेको र छोरीलाई टर्कीको बोर्डरमा पुर्याई २ हजार लिरामा अन्य व्यक्तिलाई बिक्री गरेका थिए । उक्त घटना थाहा पाएर दूतावासको समन्वयमा छोरी गत मंसिर ८ गते र आमा गत पुस २६ गते नेपाल फर्किएपछि उनीहरुले दिएको जाहेरीको आधारमा उक्त ब्यूरोबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *