थप ११२ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु

डिसी नेपाल
१४ फागुन २०७७ १६:३०

काठमाडौं । शुक्रबार नेपालमा थप ११२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ९८४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ९ सय ३६ रहेको छ । पछिल्लो २४ घण्टामा ५४ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार २७७ पुगेको छ । कोरोनाबाट मृत्यु हुनेमा ४ जना थपिएका छन् । योसँगै कुल २ हजार ७७१ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

यस्तै, हालसम्म ७१ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २१ लाख ५७ हजार ५८० जनाको पीसीआर परीक्षण गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *