आज फागुन १५ शनिबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल

डिसी नेपाल
१५ फागुन २०७७ ६:३१

आज वि.सं.२०७७ साल फाल्गुन १५ गते, शनिबार । सन् २०२१ फेब्रुवरी २७ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ शुक्लपक्ष । पूर्णिमा तिथि। चन्द्रमा सिंह राशिमा । काठमाडौंमा सूर्योदय बिहान ६ः३२ र सूर्यास्त बेलुकी ६ः२ मिनेटमा

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । पढाइमा प्रगति हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) घरायसी चिन्ता बढ्नेछ । आफन्त नै पर हुनेछन् । महिला वर्गसंग विवाद हुनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) नयाँ प्रेममा शंका बढ्नेछ । घरवाहिरको काममा जिम्मेवारी थपिनेछ । दाजुभाइको साथ मिल्नेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) भोजभतेरमा सामेल भइनेछ । वाणीले प्रभाव पार्नेछ । धनको कारोबार बढ्नेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) मनोरञ्जनमा दिन बित्नेछ । पूरानो मित्रजन भेटघाट हुनेछ । किनमेलमा खर्च बढ्नेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) सरसामान हराउन सक्नेछ । मित्रतामा अशान्ति बढ्नेछ । यात्रामा सास्ती हुनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) वैदेशिक धन आउनेछ । आफन्तबाट असहयोग हुनेछ । काममा लगानि बढ्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) दाजुभाइमा मित्रता बढ्नेछ । आँटेको काम पुरा हुनेछ । आकस्मिक लाभ मिल्नेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  सामाजिक प्रशंसा मिल्नेछ । कृषि काममा फाइदा पाइनेछ । रोजगारीमा प्रगति हुनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) विदेशको काम बन्नेछ । ठुला बडाको साथ मिल्नेछ । परोपकारमा ध्यान जानेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) स्वास्थ्य बाधाको सामना गर्नुपर्नेछ । अध्ययनमा रुचि जानेछ । अपमानको भय मिल्नेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) विरोधीहरु पर जानेछन् । राजनीतिमा प्रगति हुनेछ । वादविवादमा जीत हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *