स्मृतिमा रविन्द्र अधिकारी : धेरै सपनाहरु बाँकी छन् : सांसद विद्या भट्टराई

तर्कबहादुर थापा
१५ फागुन २०७७ १५:३२

२ वर्ष पहिला । फागुन १५ गते । सिमसिम पानी परिरहेको थियो । आकाशमा मडारिएको कालो बादलले केही सन्देश दिन खोजिरहेको थियो । अन्ततः खबर आयो । तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीसहितको टोली सवार हेलिकोप्टर दुर्घटना भयो।

ताप्लेजुङको फुङलिङस्थित तारेढुङ्गा भनिने सिस्ने भिरमा उहाँ सवार हेलिकप्टर दुर्घटना भएपछिको परिस्थिति सबैले अनुमान गर्न सक्नु हुन्छ । काँधमा देशको अविभारा बोकेर देश र जनताप्रति समर्पित व्यक्तिको दुर्घटनाको खबरले देशले नै टुहुरो अनुभूति गर्‍यो।

मान्छेले सम्झनलाई पो दुःख गर्नुपर्छ विर्सन त २० दिन लाग्छ भन्छन् । तर, होइन रहेछ । उहाँको त्यस्तो खबरपछिको अवस्थाका बारेमा नबोलौं । विर्सिने कुरामा पनि देशले नै उहाँलाई विर्सिन सकेको छैन । आज पनि अधुरो पर्यटनमन्त्रीका रुपमा उहाँ हामीमाझ जीवित हुनुहुन्छ।

उहाँले अधुरा छोडेका काम पूरा गर्ने जिम्मेवारी जनताले मलाई दिएको छ । आज म जनताका आखाँमा भएका सपनाहरु पूरा गर्न उहाँकै बाटोमा छु । पाइला पाइलामा उहाँले जनतालाई दिएका बचनहरुको घोचिरहन्छन् । जनताले उहाँप्रति गरेको अपेक्षाले झस्काइरहन्छ । उहाँले मेरा सपना पूरा गर्नु नै मप्रतिको उत्तरदायित्व बहन गरेको ठान्नेछु भन्ने वाक्य बोलिरहेकोझै लाग्छ।

सम्हाल्न नसक्ने परिस्थिति आए पनि विकल्प नहुँदो रहेछ । जिउनेलाई जति गाह्रो अरु कसलाई हुन्छ र ? अझै एकाघर परिवार त्यसमा पनि छोराछोरी, आमाबुवा र जीवनसाथी हर कोहीले यो अवस्थाको आंकलन गरिरहेकै हुन्छन् । जीवनमा जिम्मेवारीभन्दा ठूलो केही नहुने रहेछ।

उहाँले अधुरा छोडेका काम पूरा गर्ने जिम्मेवारी जनताले मलाई दिएको छ । आज म जनताका आखाँमा भएका सपनाहरु पूरा गर्न उहाँकै बाटोमा छु । पाइला पाइलामा उहाँले जनतालाई दिएका बचनहरुको घोचिरहन्छन् । जनताले उहाँप्रति गरेको अपेक्षाले झस्काइरहन्छ । उहाँले मेरा सपना पूरा गर्नु नै मप्रतिको उत्तरदायित्व बहन गरेको ठान्नेछु भन्ने वाक्य बोलिरहेकोझै लाग्छ।

आज स्मृति दिवस मनाइरहँदा उहाँले बोकेको जिम्मेवारीको भारी मेरो थाप्लोबाट एकएक गरी विसाउने प्रयास गरिरहेकी छु । एकैपटक सबै कुरा पूरा हुँदैनन्, उहाँबाट अपेक्षा राखेका जनताले पनि मलाई समय दिनु भएको छ झंै लाग्छ । उहाँहरुले दिनु भएको जिम्मेवारीको झोलाबाट एकएक गरी पूरा गर्ने मेरो उत्तरदायित्व बनेको छ।

स्मृति दिवसलाई स्मरण गर्ने गरी मनाउँदै आएका छौं । पोहोरसाल पोखरा महानगरपालिकाले निर्माण गरेको विभूति तथा सहिद पार्कमा उहाँको शालिक अनावरण गरेको छ । त्यही शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ । र भोलि हरिहरगुफा सन्यास आश्रममा गएर सहयोग गर्ने कार्यक्रम राखेका छौं।

उहाँसँग रहेर काम गर्ने सहकर्मीहरु, पार्टीका साथीहरु, परिवार र नाता सम्बन्धको सदस्यहरु गरी ३ पिल्लरमा प्रतिष्ठानको स्थापना भएको छ । तीनवटै पिल्लरको सहभागिता होस् भनेर आज सिंगो प्रतिष्ठानको तर्फबाट कार्यक्रम भयो र भोलि परिवारका सदस्यहरुको पिल्लरले कार्यक्रम गर्ने छ।

रविन्द्र अधिकारी स्मृति प्रतिष्ठानले फागुन १५ गतेलाई स्मृति दिवस र २२ गतेलाई जन्मजयन्ति समारोह भनेर कार्यक्रम पनि गर्दै आएको छ । यो वर्षको जन्मजयन्ति समारोहमा ‘स्मृतिमा रविन्द्र अधिकारी’ नामक पुस्तकको विमोचन गर्ने कार्यक्रम राखेका छौं । उहाँसँगै काम गर्नु भएका समकालीन साथीहरु र उहाँलाई चिन्ने व्यक्तिहरुले लेख्नु भएको छ।

सबै गरेर १२२ वटा लेख त्यसमा राखिएको छ । दोस्रो स्मृति दिवसमा मुख्य प्राथमिकतामा राखेर हामीले त्यो पुस्तक प्रकासन गर्ने निर्णय गरेका छौं । प्रज्ञा प्रतिष्ठानका कुलपतिको प्रमुख आतिथ्यमा उक्त पुस्तकको विमोचन हुने छ । उहाँका समकालीन साथीहरु, सहकर्मी साथीहरु राजनीतिक दलका सहयोद्धाहरुको दृष्टिकोणमा अधिकारी कस्तो हुनुहुन्छ भन्ने विषयमा नै केन्द्रीत भएर लेख्न भनिएको छ।

उहाँका धेरै सपनाहरु पूरा गर्न बाँकी छन् । मैले भनेकी पनि छु एकएक गरी पूरा गर्दै जान्छु भनेर । अहिलेसम्म पोखरा विमानस्थल, गाउँको बाटो, भूकम्पनले भत्काएका विद्यालयहरु बनाउने काम भएको छ । विद्यालयहरु पुनःनिर्माण भएका छन् । विमानस्थल पनि केही समयभित्र नै पूरा हुनेछ।

अन्र्राष्ट्रिय जगतबाट पोखरालाई जोड्न उहाँले ठूलो महत्वकांक्षाका साथ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको तयारी गर्नु भयो । अब २०२१ को जुलाईमा पूरा हुने र गर्नैपर्ने गरी काम भइरहेको छ । तितो तर यथार्थलाई हामीले कहिलै पनि भुल्न सक्दैनौं । हाम्रो कोसिस भनेको उहाँको अधुरो सपनाहरुलाई पूरा गर्नु नै हो । हामी जनताले उहाँसँग गरेका अपेक्षाहरुलाई एक पछि अर्को पूरा गर्ने तयारीमा छौं।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *