थप ७८ जनामा कोरोना पुष्टि

डिसी नेपाल
१६ फागुन २०७७ १६:३६

काठमाडौं । आइतबार नेपालमा थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार १४३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ९ सय ६२ रहेको छ । पछिल्लो २४ घण्टामा ८२ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ४०७ पुगेको छ । कोरोनाबाट मृत्यु हुनेमा १ जना थपिएका छन् । योसँगै कुल २ हजार ७७४ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

यस्तै, हालसम्म ६८ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २१ लाख ६२ हजार ९३६ जनाको पीसीआर परीक्षण गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *