थप ७३ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

डिसी नेपाल
१७ फागुन २०७७ १६:२५

काठमाडौं । सोमबार नेपालमा थप ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार २१६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ९ सय ६८ रहेको छ । पछिल्लो २४ घण्टामा ६४ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ४७१ पुगेको छ । कोरोनाबाट मृत्यु हुनेमा ३ जना थपिएका छन् । योसँगै कुल २ हजार ७७७ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

यस्तै, हालसम्म ६१ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २१ लाख ६५ हजार ९८५ जनाको पीसीआर परीक्षण गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *