सरकार–विप्लव सहमतिप्रति काँग्रेसको प्रश्न : विप्लवले हतियार बुझाउने सहमति खोई ?
काठमाडौं। सरकार र विप्लवबीच भएको तीन बुँदे सहमति सार्वजनिक भएसँगै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले गम्भीर प्रश्न उठाएको छ। काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै सरकार र विप्लवबीच भएको सहमतिमा विप्लव समूहले हतियार बुझाउने विषय नपरेको भन्दै प्रश्न गरेका छन्।
उनले भनेका छन्, ‘प्रचण्ड आउँदा ‘खोलाले बगायो’ थोरै हतियार, विप्लव आउँदा पुरै? राज्यलाई हतियार बुझाउने चौथो बुँदा खोइ?’
शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गर्दै यो ट्वीट गरेका हुन्। उनले अब देशका सबै कम्युनिष्टले कम्युनिष्ट दर्शनका नाममा नेपाली मारिने छैनन् भन्ने साझा उद्घोष गर्नुपर्नेसमेत बताएका छन्।
प्रचण्ड आउँदा `खोलाले बगायो´ थोरै हतियार,
विप्लव आउँदा पुरै ? राज्यलाई हतियार बुझाउने चौथो बुंदा खोइ @PM_Nepal ?सिंगो देश चाहन्छ यो गम्भीर प्रश्नको जवाफ !!
— Bishwa Prakash शर्मा (@bishwaprakash77) March 5, 2021
No ads found for this position


डिसी नेपाल
Facebook Comment