प्रधानमन्त्रीद्वारा गौतमको स्वास्थ्य अवस्थाबारे जानकारी

डिसी नेपाल
२१ फागुन २०७७ २१:४८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई भेटेका छन् ।

उनले गौतमको निवास भैँसेपाटी पुगी स्वास्थ्य अवस्थाबारे जानकारी लिएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले बताए । प्रधानमन्त्री ओलीसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहाकार विष्णु रिमालसमेत पुगेका थिए ।

गौतमका स्वकीय सचिव दीपक टमटाका अनुसार केहीदिन अघि घरभित्र लडेर उनलाई सामान्य चोटपटक लागेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *