अश्लिल साहित्य हुन सक्दैन, लेख्ने बेला मेरो संस्कृति छ भन्ने बुझ्नु पर्छ : ठाकुर बेलबासे कवि – Dcnepal

अश्लिल साहित्य हुन सक्दैन, लेख्ने बेला मेरो संस्कृति छ भन्ने बुझ्नु पर्छ : ठाकुर बेलबासे कवि

सामान्यतः हामीले पत्रकारितालाई साहित्य नै भन्छौं। अझ त्यसलाई हतारको साहित्य पनि भन्छौं। साहित्यबाट पत्रकारिता अलग छैन। हामी हतारमा साहित्य लेख्छौं त्यो पत्रकारिता हुन्छ। कोठाभित्र पसेर गम्भिर भएर सृजना गर्छौं, त्यो साहित्य हो।

पत्रकारिता सूचना प्रदान गर्ने साहित्य हो भने साहित्य जीवन प्रदान गर्ने साहित्य हो। दुबै एक अर्कासँग सम्बन्धित विषय हुन्। यसो भन्दा यो तेलपानी जस्तै छन्। यिनीहरुलाई सँगै राख्दा छुटिन्छन्।

छुटिन्छन् भन्दा तपाईँ पनि देख्न सक्नुहुन्छ, नेपाली पत्रकारितामा लागेका अधिकांश व्यक्तिहरु लेखक, कवि हुनुहुन्छ। जो स्थापित हुनुहुन्छ। यसको मुल कारण दुबैको अनुहार मिल्ने, दुबैको प्रकृति उस्तै, उस्तै लाग्ने, दुबै अक्षरको खेती गर्नु पर्ने भएका कारण एउटा कवि पत्रकार बन्छ र एउटा पत्रकार कवि बन्छ।

जीवन बचाउने उपकरणका लागि हतारको साहित्य रोजेको हुँ। अर्थात म पत्रकार भएँ। पत्रकारिताले मलाई टिकाइरहेको छ। तपाईँसँग सम्वाद गर्न पाएको छु। र त्यही संवाद गर्न काविल बनाएको छ साहित्यले। म भित्रको पत्रकारले कविलाई बचाइ राखेको छ, कविले पत्रकारलाई चिनाई राखेको छ।

म जस्तै नेपालमा अधिकांश साहित्यहरुको हालत यही हो। साहित्यकारका पनि घरपरिवार, साथीभाइ हुन्छन्। कफीशपमा गएर कफी खानै पर्यो, खुवाउनै पर्यो। कवितामात्र लेखेर, साहित्यकारमात्र बनेर नेपालमा बाँच्न, टिक्न गाह्रो छ।

हाम्रो देशमा भूगोलका कारण पनि भनेको ठाउँमा पुस्तक पुर्याउन पनि सकिँदेन। हाम्रो देशमा सघन ढंगको विकास अझै भइसकेको छैन। हामीले अरु देशको कुरा गरेर हुँदैन त्यहाँको जनघनत्व, शिक्षा, संस्कृति सबै कुराले प्रभाव पारेको हुन्छ। हाम्रो त साहित्यको इतिहास पनि लामो छैन। जनसंख्या कम छ। त्यसमा पनि गरिब छन्। पढ्ने युवाहरु खाडीमा छन्। उनीहरुलाई पैसा कसरी जोगाउने भन्नेमात्र ध्यान हुन्छ। राज्यले यस्ता कुरामा ध्यान दिनु पर्छ।

उसले आफूभित्र भएको प्रतिभालाई टिकाई राख्नका लागि अरुकुनै पेशा तथा व्यवसाय गर्नु नै पर्छ। गरेकै हुन्छ। नेपाली बजार सानो भएका कारण लेखेरै राम्रो जीवन बिताउन गाह्रो छ। केही थोरै लेखक, कविहरु बाँचिरहनु भएको छ। तर, पनि अलि साँघुरो भएर बाच्नु पर्छ।

नेपाली बजार त्यतिधेरै ऐकेडेमिक छैन। पछिल्लो समयमा त झन् मोबाइल मुखी बनायो। एउटा लेखकले लेखेको किताब बिक्री भएपछि उ बाँच्ने हो। पठन संस्कृति लगभग खुम्चिएको अवस्थामा छ। बन्दै भएको छ भन्न मिल्दैन। बजार बिस्तृत छैन।

५ हजार किताब बिक्री होलान। तर, एउटा सृजना बजारमा आएपछि बर्षौंसम्म टिकिरहेको छ। पाठकले खोजिरहेका छन्। लेखक त्यही पुस्तकबाट गाडी चढ्छ, त्यही पुस्तकबाट राम्रो घरबनाएर बसेको छ, यो अवस्था छैन।

औषतमा हेर्नुहुन्छ भने यस्तै हो। नेपालमा पनि जसरी १/२ प्रतिशत पाठक छन् त्यसैगरी अरु देशमा पनि त्यतिनै हुन्छन्। तर, भारतको जनसंख्याको १/२ प्रतिशत भनेपछि कति हुन्छ? चीनको पनि त्यस्तै। भन्नुको मतलब अरु देशहरुमा जनसंख्या बढी भएका कारण त्यहाँको लेखकहरुलाई केही बढी आयश्रोतको जोहो हुन्छ होला। मैले अघि पनि भने औषतमा एउटै हो।

हाम्रो देशमा भूगोलका कारण पनि भनेको ठाउँमा पुस्तक पुर्याउन पनि सकिँदेन। हाम्रो देशमा सघन ढंगको विकास अझै भइसकेको छैन। हामीले अरु देशको कुरा गरेर हुँदैन त्यहाँको जनघनत्व, शिक्षा, संस्कृति सबै कुराले प्रभाव पारेको हुन्छ। हाम्रो त साहित्यको इतिहास पनि लामो छैन। जनसंख्या कम छ। त्यसमा पनि गरिब छन्। पढ्ने युवाहरु खाडीमा छन्। उनीहरुलाई पैसा कसरी जोगाउने भन्नेमात्र ध्यान हुन्छ।

राज्यले यस्ता कुरामा ध्यान दिनु पर्छ। राज्य त साहित्यलाई अनुत्पादक क्षेत्र भन्छ। जब राज्यले साहित्यलाई अनुत्पादक क्षेत्र हो भन्छ अनि चुरोट कारखाना, मदिराका कारखाना, सिमेन्टका कारखानामा लगानी गर्छ। सिमेन्टले बाहिरको आलिशान महल त बन्छ तर, दिमागको भवन पनि बन्दैन। यो राज्यले बुझ्दैन।

हामीले डिजिटल युगको कुरा गरे पनि त्यो सामाजिक सञ्जालमा मात्र सीमित छ। उल्टोसुल्टो बोलेर गाइएका गीत एकै छिनमा लाखौँको भ्यूज बटुल्छन्। एउटा राम्रो कविताले वर्षौसम्म पनि १०० भ्यूज पाउन सकेको हुँदैन। हामी जतिसुकै कुरा गरे तापनि यथार्थ यो हो। हामी अझै पनि राम्रो कुराको पछि लाग्नु पर्छ भन्ने चेतानाबाट विमुख छौं।

प्रयासहरु त साहित्यलाई पनि डिजिटलाइज गर्ने नभएका होइनन् तर, साहित्यलाई पढ्ने चेत धेरैमा छैन। जतिमा छ उनीहरुले किताब नै किनेर पढिराखेकै छन्। अर्को कुरा के पनि हो भने हामी जतिसुकै कृुरा गरे पनि आर्थिक रुपमा सम्पन्न भएनौं भने यी कुराहरु गर्न सक्दैनौं।

चेतना समृद्धिले ल्याउने हो। सानो उदाहरण दिएँ– मैले गाउँमा चौलानीलाई दुध हो भनेर खुवाइएको बच्चा र शहरमा आवश्यक्ता अनुसार खाएको बच्चाको तुलना गर्न सकिन्छ। चेतना कसरी विकास भयो। गाउँको बच्चाको चेताको स्तर र शहरको बच्चाको चेतनाको स्तरलाई अनुमान गर्न त सकिन्छ नि। हामीले गफमा जे भने पनि हुन्छ नि।

तपाईँलाई अहिलेको अवस्थामा प्रति महिना १० हजारको किताबहरु बजारमा हुन्छन्। त्यो पनि नेपाली कितबमात्र। असल पाठकले छिमेकी मुलुकका किताबमात्र हैन अरु देशका पनि पढ्नछन्।

विश्वलाई लिड गरिरहेका अमेरिका, चीनका साहित्यमा मत्र नभए अरु किताबहरु पनि पढ्नु पर्ला अब आफैं हिसाब गर्नुस् त? थोरै हिसाब गर्ने हो भने ती बाहिरका किताबहरुको मूल्य झन एउटै किताबको ५ हजारसम्म हुन्छ। अब भन्नुहोस् हामीले १० हजार किताबलाई छुट्याएर पढ्न सक्छौं। भन्न सजिलो छ पठन संस्कृतिको विकास भएन। समृद्धि नभएसम्म चेतनाको कुनै अर्थ छ?

मैले ४७ साल तिर स्कुलमा पढ्दै गर्दा ‘बालक’ भन्ने कविता लेखेको थिएँ। विद्यालयको स्मारिमा छाप्नका लागि लेखेको थिएँ। पद्य र गद्य कविता मैले थाहा पाए पनि गद्यमा नै कविता लेख्न थालेँ। सायद मैले पद्यमा कविता लेख्न सक्दैन होला।

भन्न त पद्यले परम्परा छोड्न सकेको छैन भन्छन्, त्यो साँचो हो। तर, छन्दमा लेख्न ज्ञान चाहिन्छ। छन्द कविता लेख्छु भनेको भरमा लेखिँदैन। त्यसका लागि टेक्नीकल ज्ञान चाहिन्छ। व्याकरणीय ज्ञान विना छन्द कविता लेख्न सकिँदैन।

मान्छे भन्दा बढी त्रासमा छ ईश्वर। अमुर्त चिजमात्र ईश्वर हैन। ईश्वर हाम्रा आमाबुबा हाम्रो लागि ईश्वर हुनुहुन्थ्यो। हामी हाम्रो सन्ततिको लागि ईश्वर छौं। के त्रास ति ईश्वर थिएनन्। के हामी ईश्वरलाई त्रास छैन। मैले सिंगो मानवलाई ईश्वर देख्छु। मान्छे सबै त्रासमा छ।

नयाँ पुस्ताले लेखेका सबै कविता वाह…वाह छन् भन्न पनि मिल्दैन र सबै कविता झुर पनि छैनन्। लेख्दै नलेखिएका कविता पनि नयाँ पुस्ताको कलमले लेखेको छ र लेख्नै नहुने कविता पनि लेखिएका छन्। बाहिरकाले के लेखे भन्ने हैन। हामी नेपाली हौँ।

कविता साह्रै सापेक्ष र साह्रै निरपेक्ष हुन्छ। एउटै स्टेजमा सुनाइएको कविताले कतिलाई रुवाउँछ कतिलाई हसाउँछ। कविता बढो विचित्रको चिज हो। उही कविता कतिलाई वाह… वाह लाग्छ त कतिलाई झुर लाग्छ। कविता यही गरेपछि मात्र बलियो हुन्छ भन्ने कुरा मलाई लाग्दैन। तर, पनि सुन्दर कविताका लागि भाषाशैली, तपाईँले प्रयोग गर्ने बिम्बहरु कति सरल छन्, समसामयिक छन्, अथवा कति कविताका लागि प्रयोगगामी छन् त्यसमा भर पर्छ।

छनोट गरेको विषय के हो? त्यसले मानिसको मन मुटु मस्तिस्कलाई हल्लाउन सक्छ कि सक्दैन। त्यसमा भर पर्छ। विषय, भाषाशैली, प्रस्तुति र बिम्ब प्रतिक सही ढंगबाट समायोजन गर्न सकियो भने गद्द कविताले तरंग सृजना गरिदिन्छ र मान्छेको मनमा भूकम्प ल्याइदिन्छ। कविताले साच्चिकै मान्छेलाई भाव विह्वल बनाउँछ।

क्रान्तिकारी बनाउँछ। जे गर्छ कविताले गर्छ। कवितासँग गजबको शक्ति हुन्छ तर, कविता पढ्ने क्षमता चाहिन्छ। कविता पढ्ने क्षमता सबैसँग नभएका कारण कविताका किताब अत्यन्तै कम बिक्री हुन्छन्। सबैलाई कवि बनाउँछ कविताले त्यही कविता सबैले पढ्न र बुझ्न सक्दैनन्।

यो ठूलो क्षेत्र हो। भेल आएको बेला सबैले राम्रो गरिरहेको हुन्छ। साहित्यमा पनि भेल आउँछ। त्यसमा पहिलो निरन्तरता, दोश्रो न्यूनतम गुणस्तरता, तेस्रो कर्म गर्दै गरेको क्षेत्र तथा परिवेशको ज्ञान, त्यसमा टिकी रहनका लागि आफूलाई कति शालिन, शिष्ट र सरल बनाउने भन्ने हो।

नयाँ पुस्ताले लेखेका सबै कविता वाह…वाह छन् भन्न पनि मिल्दैन र सबै कविता झुर पनि छैनन्। लेख्दै नलेखिएका कविता पनि नयाँ पुस्ताको कलमले लेखेको छ र लेख्नै नहुने कविता पनि लेखिएका छन्। बाहिरकाले के लेखे भन्ने हैन। हामी नेपाली हौँ। यूरोपमा यो लेखे भनेर हुन्छ भन्या। त्यसो भए हामीलाई पनि यूरोप भने भयो नि त किन नेपाल भन्नु।

संस्कार, संस्कृति हुन्छ बचाउनु पर्छ भन्ने कुरा कविले बुझ्नु पर्छ। सीमा तोड्नु पर्छ। तर, सीमा तोड्नुको अर्थ अश्लिल हैन। अश्लिल साहित्य हुन सक्दैन।

कवि बेल्वासेसँग गरेको कुराकानीमा आधारित

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो