एमाले र माओवादी केन्द्र ब्युँतिए (पूर्णपाठसहित)
काठमाडौं। सर्वोच्च अदालतले नेकपा नामको दल ऋषि कट्टेल नेतृत्वको दललाई दिएसँगै तत्कालिन एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएको छ। यी दल मिलेर बनेको नेकपाको दर्ता खारेज गर्दै नेकपा ब्युँताइदिएको हो।
दुई दल ब्युँतिएसँगै हालको सत्तारुढ दल नेकपाको अस्तित्व नै सकिएको छ। तर, नेकपा पनि अहिले व्यवहारिक रुपमा विभाजित भएकाले अब माधवकुमार नेपाल, झलनाथ खनालहरुको अवस्था के हुन्छ भन्ने विषय जटिल बनेको छ। केपी शर्मा ओलीको नेतृत्वमा एमाले थियो भने माओवादीको नेतृत्व प्रचण्डले गरेका थिए।
तर, अहिले पनि निर्वाचन आयोगमा गोपाल किराँतीको नाममा माओवादी र सन्ध्या तिवारीको नाममा एमाले दर्ता छ। त्यसैले यो विषय कसरी बढ्छ भन्ने अन्यौल बढेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment