प्रचण्ड–माधव समूहद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार
काठमाडौं। प्रपितनिधिसभाको सातौं अधिवेशनको पहिलो बैठक नै बहिस्कार भोग्न बाध्य भएको छ। आइतबार बसेको बैठक प्रचण्ड–माधव समूहले बहिस्कार गरेको छ। सो समूहका नेता भीम रावलले बोलेपछि सांसदहरुले बैठक बहिस्कार गरेका हुन्।
वैधानिकता गुमाइसकेको सरकारले बैठकमा अध्यादेश पेश गर्ने कार्यसूचीप्रति असहति रहेको भन्दै सो समूहले बैठक बहिस्कार गरेको हो। सभामुख सापकोटाले बहिस्कार नगर्न आग्रह गरे पनि सो समूहले बैठक बहिस्कार गरेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment