एनएमए र टानबाहेकका संस्थाले पनि पर्यटक भित्र्याउन सक्ने

डिसी नेपाल
२३ फागुन २०७७ १७:५९
44
Shares

काठमाडौं । अब नेपालमा नेपाल पर्वतारोहण संघ(एनएमए) र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) बाहेकका अन्य संस्थाको सिफरिसमा समेत पर्यटक ल्याउन पाइने भएको छ।

नेपाल पर्यटन बोर्डका अनुसार यसअघि एनएमए र टानबाट प्राप्त सिफारिसका आधारमा मात्र भिसा सिफारिस दिने गरिएकोमा अब भने आवश्यक भएमा अन्य संघसंस्थाले पनि भिसा सिफारिस माग्न सक्ने भएका छन्।

नेपालमा अझै सरकारी निकायको सिफारिसबिना पर्यटकले भिसा नपाउने कडा प्रावधान सरकारले जारी राखेको छ। यस सिलसिलामा नेपाल पर्यटन बोर्डले भिसा सिफारिस गरिरहेको छ। बोर्डका अनुसार यसरी भिसा माग गर्दा कम्तिमा पाँच दिन होटेल क्वारेन्टिनमा रहने गरी बुकिङ गरेको खुल्ने कागजातको प्रतिलिपी ल्याउनुपर्ने भएको छ।

सम्बन्धित संस्थाले पर्यटकको नाम, पासपोर्ट नम्बरसहित आवश्यक सबै कागजात संलग्न रहेको भनी सिफारिस पत्र समेत आवश्यक पर्ने भएको छ। बोर्डका कार्यकारी प्रमुख डा।धनन्जय रेग्मीका अनुसार पर्यटकको पासपोर्टको प्रतिलिपी, नेपाल भ्रमणको तालिका, अन्तर्राष्ट्रिय हवाई टिकट बुक गरेको प्रमाण, यात्रा बीमाको प्रमाणसमेत बोर्डमा बुझाउनुपर्ने गरी तोकिएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *