शाहिद आफ्रिदीकी छोरी माग्न पुगे अर्का क्रिकेटर आफ्रिदी, शाहिद पनि छोरी दिन तयार !

डिसी नेपाल
२४ फागुन २०७७ १२:१६

काठमाडौं। पाकिस्तानका पेसर शहिन शाह अफ्रिदीले पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदीकी छोरीसँग बिहे गर्ने भएका छन् । आइतबार एक ट्विटमार्फत शादि आफ्रिदीले शाहिनको परिवार आफ्नी छोरी माग्न आएको पुष्टि गरेका हुन्। शाहिनको परिवारले औपचारिक तरिका अपनाएर छोरी मागेपछि दुवै परिवार एकसाथ भेला भएर यो निर्णयमा पुगेको आफ्रिदीले बताएका छन् ।

यो घोषणा गर्दै पूर्व पाकिस्तानी अलराउण्डरले शहिनलाई र मैदानमा र मैदानबाहिर दुवै ठाउँमा सफलताको शुभकामना दिएका छन् । ‘शहिनको परिवार मेरी छोरीको लागि मेरो परिवारलाई भेट्न आए। दुवै परिवार सम्पर्कमा छन्, जोडीहरु स्वर्गमा बनाइन्छन्, यदि अल्लाहले इच्छा गर्नुभयो भने यो जोडी पनि बन्नेछ । शाहिनलाई मैदानमा र मैदानबाहिर पनि सफलताको शुभकामना’ आफ्रिदीले ट्वीटमा लेखेका छन् ।

पीटीआईका अनुसार अफ्रिदीले भने, ‘दुवै परिवार एउटा निर्णयमा पुगेका छौं र मेरी छोरीको शहीनसँग निकाह हुनेछ ।’ उनले औपचारिक निकाहको घोषणा छिट्टै गरिने पनि बताए । शहिनका पिता अयाज खानले पनि आफ्नो छोराको लागि अफ्रिदीको परिवारसमक्ष प्रस्ताव पठाएको र प्रस्ताव स्वीकृत भएको पुष्टि गरे । उनले भने, ‘हामी धेरै खुसी छौं । दुवै परिवार विगत केही महिनादेखि छलफलमा छौं र आशा छ कि अब चाँडै मिति तय गरिनेछ ।’

अफ्रिदी र शहिन दुवैले हालै पाकिस्तान सुपर लिग (पीएसएल)मा सहभागिता जनाएका थिए । तर, कोभिड–१९ का धेरै केसहरु भेटिएपछि यो हप्ताको सुरुतिर लिग स्थगित गर्नुपरेको थियो । पछिल्लो समय सबै फरम्याटका क्रिकेटरका रुपमा उदाएका बायाँ हाते पेसर शहिनले १५ टेस्ट, २१ एकदिवसीय र २२ टी–२० अन्तर्राष्ट्रियमा पाकिस्तानको प्रतिनिधित्व गरेका छन् र क्रमशः ४८, ४५ र २४ विकेट लिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *