प्रत्यारोपित तथा अङ्गदाता र चिकित्सकबीच मैत्रीपूर्ण फुटबल

डिसी नेपाल
२७ फागुन २०७७ १९:५२

काठमाडौं । विश्व मिर्गौला दिवस अवसरमा मृर्गौला प्रत्यारोपित तथा अङ्गदाता र चिकित्सकबीच आज मैत्रीपूर्ण फुटबल प्रतियोगिता गरिएको छ । स्वास्थ्य अभियान नेपालको आयोजनामा ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घको मैदानमा ‘मिर्गौला रोग लागे पनि राम्ररी जिउँ’ भन्ने नाराका साथ भएको प्रतियोगितामा प्रत्यारोपित टोलीले अङ्गदाता टोलीलाई ४–१ गोलले हरायो ।

मिर्गौला प्रत्यारोपित झमकबहादुर श्रेष्ठलाई ट्रफी तथा उत्कृष्ट फुटबलर घोषित र विशेष आचार्यलाई नगद पुरस्कार प्रदान गरियो । मिर्गौला प्रत्यारोपित आचार्यले ह्याट्रिक गरेका थिए । उक्त कार्यक्रममा नेपालमा पहिलो पटक ११ वर्षअघि दोस्रो मिर्गौला प्रत्यारोपण गरेका धर्मराज पौडेल, पहिलो कलेजो प्रत्यारोपण गर्ने बलराम नागा, दुई परिवारबीच साटासाट गरी मिर्गौला प्रत्यारोपण गर्ने खेमराज निरौला र विष्णुबाबु श्रेष्ठ, अङ्गदानबाट मिर्गौला प्रत्यारोपण गर्ने मिलन श्रेष्ठ र गोविन्द तिमिल्सिना, उनिहरुका अङ्गदाता र परिवारलाई विशेष सम्मान गरिएको प्रत्यारोपणविद् डा पुकार चन्द्र श्रेष्ठले जानकारी दिए ।

उनले मिर्गौला प्रत्यारोपण गरेका पनि अन्य मानिस जस्तै स्वच्छ हुन्छन् र भेदभाव गर्न नहुने भन्ने सन्देश दिनका लागि प्रतियोगिता गरिएको जानकारी दिए । प्रत्यारोपणविद् डा श्रेष्ठले प्रत्यारोपित र अङ्गदाताको मनोबल उच्च राखी देशका सातवटै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्नुपर्ने बताए ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, कालाकार मदनकृष्ण श्रेष्ठ, पूर्वमुख्य सचिव लीलामणि पौडेलले अङ्गदान र प्रत्यारोपणमा व्यापक जनचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता रहेकामा जोड दिए । अङ्ग प्रत्यारोपित पनि अरु व्यक्तिसरह स्वस्थ, सक्षम छन् र सबैले अङ्गदान गर्नसके कोही पनि अङ्ग बिग्रिएका (फेल) व्यक्ति अकालमा मृत्युको शिकार बन्न पर्दैन भन्ने सन्देश दिन सन् २०१० बाट नेपालमा हरेक वर्ष प्रत्यारोपण खेलकूदको आयोजना गरिँदै आएको छ । सोही अवसरमा ३२ जनाले अङ्गदानको घोषणा गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *