साढे दुई किलो यूरेनियम सहित ४ जना पक्राउ
काठमाडौं । काठमाडौंबाट २ किलो ५ सय ग्राम युरेनियमसहित ४ जना पक्राउ परेका छन् । बौद्धबाट पक्राउ परेका ४ जनालाई बिहीबार महानगरीय प्रहरी कार्यालय रानीपोखरीले सार्वजनिक गरेको छ ।
पत्रकार सम्मेलनमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पालले उक्त परिमाणको यूरेनियमसहित रामेछाप लिखु तामाकोशी–५ बस्ने ४० वर्षीय नारायण सिंह तामाङ, काठमाडौं बौद्ध बस्ने ४० वर्षीया जानुका तामाङ, रामेछाप बागजोर नगरपालिका–४ बस्ने २० वर्षीय प्रकाश चौहान र सिन्धुपाल्चोक सुनकोशी–४ बस्ने २० वर्षीय मनोज न्यौपानेलाई पक्राउ गरिएको जानकारी दिए ।
युरेनियम २३८ को गैरकानुनी कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको प्रहरीले फेला पारी उनीहरुलाई पक्राउ गरेको उनले बताए ।
उनीहरुलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाइएको छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment