याे साता सुन चाँदीको मूल्य बढ्याे
काठमाडौं। यो सातामा सुनको मूल्य ६ सय रुपैयाँले बढेको छ। यो साता उतारचढावकाबीच छापावाला सुन प्रतितोला ६ सय रुपैयाँ बढेको हो।
साताको अन्तिम कारोबारको दिन शुक्रबार भने सुनको मूल्य घटेको छ। शुक्रबार सुन प्रतितोला ६ सय रुपैयाँ घट्दै ८६ हजार २ सय रुपैयाँ कायम गरिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
अघिल्लो हप्ताको अन्तिम कारोबारको दिन सुनको मूल्य ८५ हजार ६ सय रुपैयाँ कायम थियो। साताको पहिलो दिन आइतबार सुन तोलामा ५ सय रुपैयाँ बढेको थियो। यस्तै सोमबार सुन एक सय बढेकाे थियो। साताको तस्रो दिन मंगलबार सुन फेरि तोलामा ६ सय रुपैयाँ घट्दा बुधबार पुनः ६ सय रुपैयाँले बढ्यो। यस्तै बिहीबार सुन पुनः ६ सय बढेको थियो।
यस साताको उच्च कारोबार मूल्य बिहीबार रहेको थियो। सो दिन सुन प्रतितोला ८६ हजार ८ सय रुपैयाँमा किनबेच भएको हो। यसैगरी मंगलबार न्यूनतम मूल्य प्रतितोला ८५ हजार ६ सय रुपैयाँ तोकिएको थियो।
शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला ८५ हजार ७ सय ५० रुपैयाँ तोकिएको महासंघले जनाएको छ।
यो साता समग्रमा चाँदीको मूल्य २० रुपैयाँले वृद्धि भएको छ। गत साताको अन्तिम कारोबार दिन चाँदी प्रतितोला एक हजार २ सय ५० रुपैयाँमा कारोबार भएकोमा यो साताको अन्तिम कारोबारको दिन एक हजार २ सय ७० रुपैयाँमा किनबेच भइरहेको छ।
Facebook Comment